खोटाङमा चट्याङप्रतिरोधी उपकरण जडान, कसरी काम गर्छ?

खोटाङमा चट्याङप्रतिरोधी उपकरण जडान, कसरी काम गर्छ?
+
-

खोटाङ– चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ ।

गाउँपालिकाको रु दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको रु दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो ।

गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८०० मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमीनभित्र निस्क्रिय (डिसपोज) गर्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

“चट्याङले यस क्षेत्रमा बर्सेनि मानिस तथा पशुचौपायामा ठूलो क्षति गर्दै आएको छ”, उनले भने, “आगामी दिनमा चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न चट्याङप्रतिरोधी उपकरण जडान गरिएको हो ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका चट्याङको अति प्रभावित क्षेत्र भएकाले अन्य स्थानमा पनि क्रमशः थप उपकरण जडान गर्ने योजना रहेको जनाइएको छ ।

यसअघि चट्याङ लागेर बाक्सिलाबजारमा सञ्चालन भएको नवौँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिता हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको थियो ।

भौगालिकरूपमा दुर्गम क्षेत्र मानिने पूर्वीपहाडी जिल्ला खोटाङ चट्याङको अतिप्रभावित जिल्लामा पर्दछ । चट्याङले जिल्लामा सञ्चालित दुई रेडियो (रुपाकोट सामुदायिक रेडियो र हलेसी सामुदायिक रेडियो)मा बर्सेनि लाखौँको क्षति पु¥याउने गरेको रेडियो सञ्चालकले बताउँदै आएका छन् ।

चट्याङकै कारण उपकरणमा ठूलो क्षति पुगेपछि अहिले रुपाकोट सामुदायिक रेडियो बन्द रहेको छ ।

ऋण काढेर जडान गरिएको उपकरणमा चट्याङले बर्सेनि क्षति भएपछि रेडियो सञ्चालक हैरानीमा पर्दै आएका छन् ।

चट्याङले निरन्तर क्षति पु¥याएपछि यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेका स्थानीयवासीले भने आफ्नै लगानीमा उपकरण खरीद गरेर प्रत्येक घरमा अर्थिङ गरेका छन् ।

आफू बस्ने घरमा कम्तीमा अर्थिङ मात्र गरेपनि चट्याङको जोखिम कम हुने जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?