बझाङको दुर्गम गाउँपालिका टेलिफोनमा जोडियो

बझाङको दुर्गम गाउँपालिका टेलिफोनमा जोडियो
+
-

धनगढी-बझाङ जिल्लाको अहिले सम्म संचार सम्पर्क नभएको ठाउँ साईपाल गाउँपालिका विहीवारबाट संचार सम्पर्क संग जोडिएको छ।

टेलिफोन सम्र्पक नहुने एकमात्र चिनको स्वशासित क्षेत्र तिब्बत संग जोडिएको देशकै दुर्गम साईपाल गाउँपालिका बिहिबारबाट टेलिफोन सम्पर्कमा जोडिएको हो।
साईपाल गाउँपालिकाका गाउँबस्तिमा नेपाल टेलिकमको नमस्ते मोबाईल सेवा सुरु भएपछि त्यहाँका स्थानीयहरु हर्षित भएका छन्।

साईपाल गाउँपालिकाको धुली नाङ्नाको डाँडामा नेपाल टेलिकमले नमस्तेको टावर जडान गरेपछि गाउँपालिकाका सबै घरधुरीमा टेलिफोन सेवाको पहुच भएको हो । यस अगाडी यहाँका बासिन्दाहरुले एक कल फोन गर्नका लागि दुई दिनको पैदल हिड्नु पर्ने बाध्यता रहेको थियो।

‘गाउँपालिकाको केन्द्रमा रहेको काडाँमा कहिले काँही भि सेट फोनका आधारमा टेलिफोन सम्र्पक हुने गरेको थियो’ स्थनीय घुरन बोहराले भने –‘आजबाट नमस्ते टेलिफोन सेवा सुरु भएपछि राज्य भएको अनुभव भएको छ।’

नमस्तेको टावरबाट १० किलो मिटर वरपरका बस्तीहरु साथै साईपालका हिमाली बेसक्याम्प अमलागाड ,राईढुङ्गी लगायत तिब्बतको सिमाना उरै क्षेत्रमा पनि नमस्तेको टावर टिपेको स्थानीयले जानकारी दिएका छन्। गाउँपालिकाका बस्तीहरु धुली, बलौडी, न्युना , धलौन र कायाँमा सहज रुपमा टेलीफोन सम्र्पक भएको छ।

स्थानीयबासीहरुको सहभागितामा टावर स्थलमा औपचारिक कार्यक्रम गरि वडा नं २ का अध्यक्ष जंगबिर बोहराले सेवाको उद्घाट्न गरेका छन्। उद्घाट्न कार्यक्रममा वडा अध्यक्ष बोहराले साईपाल गाउँपालिकामा अब संचार सेवा संग जोडिएको बताए। उनले भने–‘बल्ल संचार संग जोडियौं,अव गाउँपालिकालाई यातायात संग जोड्न आबश्यक छ।’

साईपाल गाउँपालिकामा टेलिफोनको सेवा सुचारु भए संगै जिल्ला भरि टेलिफोन सेवा पुगेको नेपाल टेलिकम बझाङका निमित्त प्रमुख बम बहादुर सिंहले बताए। उनले भने- ‘जिल्ला भरि १६ वटा टावरहरु सुचारु भई सकेका छन् भने दुई वटा टावर मात्र जोड्न बाँकी छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?