पर्यटन प्रवर्द्धन समिति समावेशी नभएको भन्दै सामाजिक सञ्जालमा आक्राेश

पर्यटन प्रवर्द्धन समिति समावेशी नभएको भन्दै सामाजिक सञ्जालमा आक्राेश
+
-

धनगढी– संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सुदूरपश्चिम प्रदेश स्तरिय पर्यटन प्रवर्द्धन समितिप्रति विभिन्न पक्षबाट तीब्र असन्तुष्टि र विरोध भएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्य सहित गठित सो पर्यटन प्रवर्द्धन समिति समावेशी बन्न नसकेको भन्दै विभिन्न पक्षबाट सामाजिक सञ्जाल मार्फत चर्को विरोध भइरहेको छ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशका मुख्यमन्त्री संरक्षक रहने गरि गठन गरिएको सो १८ सदस्यीय समितिमा प्रदेशका सबै नाैं जिल्लाका पर्यटन विकासमा क्रियाशील निजी क्षेत्रलाई समावेशी रुपमा समेट्न नसकेको भन्दै विरोध जारी रहेको छ।

भर्खरै गठित प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिप्रति विरोध जनाउनेहरूले बढी सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्। धनगढीका गोविन्द जोशीले व्यंग्यात्मक शैलीमा सो समितिलाई ‘कैलाली, कञ्चनपुर पर्यटन प्रवर्द्धन समिति’ को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘झुक्किएर सुदूरपश्चिम पर्यटन प्रवर्द्धन समिति लेखिएको हो, खासमा त यो कैलाली कञ्चनपुर पर्यटन प्रवर्द्धन समिति पो गठन भएको हो।’

पत्रकार लोग्सरी कुवँरले समितिमा महिलाको प्रतिनिधित्व नगराइएको भन्दै लेखेकी छन, ‘सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा  तराईमा बस्ने मान्छेको मात्रै योगदान रहेछ त? राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत उपस्थितीको मुद्दा कता हरायो? १८ जनाको समितिमा एक जना महिला कञ्चनपुरबाट पर्नु भएछ?’

उनले पर्यटन क्षेत्रमै काम नगरेको मान्छेलाई समितिमा समेटिएको आरोप लगाउँदै लेखेकी छन्,‘यो भन्दा अगाडि सुदूरपश्चिमको पर्यटन विकासका लागि उहाँ (महिला) कुन दुलोबाट काम गर्नुभाछ त्यो पनि सायद मुल्यांकन गरिएकै होला?’

नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष जगदिश रोकायाले लेखेका छन्, ‘यो समितिमा बढी पर्यटकिय स्थल भएका क्षेत्रका प्रतिनिधि नै समेटिएका छैनन्। सुदूरपश्चिममा नौ वटा जिल्ला भए पनि समितिमा कैलाली र कञ्चनपुरमा रहेका प्रतिनिधीहरू मात्रै समावेश गरिएको अवस्था छ।’

सुदूरपश्चिम प्रदेशमा बढी पर्यटकिय स्थल तराई भन्दा पहाडी क्षेत्रमा रहेका छन्। कैलाली र कञ्चनपुरमा बढी पर्यटक आउने स्थान शुक्लाफाँटा, टीकापुर पार्क, घोडाघोडी ताल, बेहडाबाबा मन्दिर लगायतका रहेका छन्।

सुदूरपश्चिम प्रदेशकोे हिमाली तथा पहाडी जिल्लामा रहेका प्रसिद्ध खप्तड, बडीमालिका, रामारोशन, वैद्यनाथ, उग्रतारा, शैलेश्वरी लगायतका पर्यटकिय स्थल रहेका छन्। तर, समितिमा ६ जिल्लाको प्रतिनिधित्व गराइएको छैन्।

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको अध्यक्षतामा गठन भएको १८ सदस्यीय समितिको सह–अध्यक्षमा प्रदेशका प्रमुख सचिव, सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव छन् । १८ सदस्यिय समितिमा एक जना डडेल्धुरा वाहेक सबै कैलाली कञ्चनपुरका मात्र रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?