
१. गुठीकाे गाँठी
गुठियारसँग हाे
नास्तिक सत्ता!
२. ‘हाेली वाइन’
हल्लाउन खाेज्दैछ
आस्था गजुर।
३. संस्कार ढाल्न
सत्ता तुरुप बन्याे
प्रहार गुठी!
४. गाेठ भत्कियाे
गुठी भत्काउँदै छाै
म कहाँ बसुँ!
५. ‘ज्वाइँराजा’ नै
बिधर्मी भएपछि
के भनुँ र खै!
६. हिमाल चढ्न
‘सीताराम’ सम्झिनू
ट्राफिक जाम!
७. याे ‘बीबीसी’ नि
साेधी साेधी फसायाे
के बाेलुँ के भाे!
८. आँखा च्यातेर
हिउँकाे जाम हेरेँ
अर्कै पाे देखेँ!
९. टावर ब्रिज
ब्रेक्जिटकाे साइत
जुनमा ‘मेई’।
१०. पाथ टु गेट
नाे…नेभर टु लेट
काेर्स करेक्ट!