सुदूरपश्चिम प्रदेश थारुहरुलाई स्विकार्य छैनः लक्ष्मण चौधरी

सुदूरपश्चिम प्रदेश थारुहरुलाई स्विकार्य छैनः लक्ष्मण चौधरी
+
-

धनगढी– थारु नेता लक्ष्मण चौधरीले अखण्ड सुदूरपश्चिमका नाममा तयार पारिएको सुदूरपश्चिम प्रदेशलाई थारुले कहिल्यै नस्वीकार्ने बताएका छन्।

थरुहट थारूवान संयुक्त संघर्ष समितिको नयाँ कार्यसमिति चयनपछि आइतबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा नेता चौधरीले कञ्चनपुरदेखि चितवन सम्मको स्वायत्त थारुवान राज्यको माग अहिले पनि यथावत रहेको बताए। ‘अझै पनि केही बिग्रेको छैन’, नेता चौधरीले भने,‘हामी वार्ताका लागि सधैं तयार छौँ, तर राज्यले यसलाई वेवास्ता गर्छ भने परिस्थिति बिग्रिन नसक्ला भन्न सकिँदैन।’ उनले संविधानको धारा २७४ र अनुसुची ४ विभेदकारी रहेको भन्दै त्यसलाई सच्याइनु पर्ने बताए।

संविधानको धारा २७४ (१) मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन भनी उल्लेख छ भने अनुसुची ४ मा ७ वटा प्रदेशभित्र पर्ने जिल्लाहरूको वर्गीकरण गरिएको छ।

झुठा मुद्दा लगाउँदैमा आफूहरू विचलित नहुने उनको भनाइ छ। ‘हामी आफ्नो अधिकारका लागि शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं’, उनले भन,‘आन्दोलनलाई रोक्न राज्यले झुठा मुद्दा लगाउँदै जेल चलान गरेर हाम्रो आन्दोलन रोकिँदैन, भ्रममा नपरे हुन्छ।’  उनले संविधान पुर्नलेखन थारुको माग नभई संविधान भित्र पहिचान सहितको अधिकार मागेको बताए।

संघर्ष समितिले आगामी भदौ ७, ८ र ९ गते टीकापुरमा थरुहट र थारूवान संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको थरुहट थारूवान संयुक्त संघर्ष समितिका संयोजक माधव थारुले बताए। सम्मेलनमा कम्तिमा १० हजार थारु युवा भित्र्याउने उनको दावी छ। उनले थारुहरुको अधिकारका लागि थालिएको आन्दोलनलाई थप उचाईमा पुर्‍याउने बताए।

पूर्व सभासद कृष्णकुमार चौधरीले हालको मौजुदा सुदूरपश्चिम प्रदेश अखण्ड सुदूरपश्चिमको नाराबाट आएको भन्दै बताए। ‘हालको सुदूरपश्चिम प्रदेश सहितको संरचना थारुलाई जिस्काउने प्रकृतिबाट आएको छ’, उनले भने,‘यसले भौगोलिक र राजनीतिक उत्पीडनलाई परेकाको अधिकार सुनिश्चित गर्दैन।’

उनले थरुहट आन्दोलन थारूको मात्रै नभई अधिकार प्राप्तिमा रहेका सबैको आन्दोलन भएको बताए। उनले टीकापुर घटना मुद्दामा अदालतको फैसालामा राजनीतिक तथा सत्ताको गन्ध रहेता पनि फैसालाको सम्मान गरेको उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?