बझाङमा जीप दुर्घटना, दुई बालबालिकासहित नौ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना, दुई बालबालिकासहित नौ जनाको मृत्यु
+
-

धनगढी– बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि चार जना घाइते भएका छन्।

दुर्घटनामा परि एक बालक, एक बालिका, तीन महिला र चार पुरुषको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जनाकारी दिए।

सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर–१ डौठीमा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले जानकारी दिए। मृतकको सनाखत भने अझै हुन नसकेको उनको भनाई छ। जीपमा कतिजना सवार थिए भन्ने बारेमा समेत अझै यकिन जानकारी हुन नसक्दा समस्या भएको उनले बताए।

जीप अप्ठ्याराे ठाँउमा खसेका कारण उद्दारमा समेत कठिनाई भइरहेको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले बताए। जीप दुर्घटनाको कारण भने अहिल्यै खुल्न नसकेको उनले बताए।

दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको जनाइएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको घटना स्थलतमा पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?