
धनगढी– बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका नौ जना मध्ये आठ जनाको सनाखत भएको छ।
सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठी भन्ने स्थानमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ५ जना गम्भिर घाईते भएका छन्।
दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा नम्बर १ का कलक बहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मि द्वाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
अत्यन्तै भिरालो ठाउँमा जीप सडकबाट ५ सय मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख सुर्य बहादुर केसीले बताए। घाईतेहरुको उद्धार गरी हेलीकप्टर मार्फत नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।