कार्यकर्ता माथिको आक्रमणको काँग्रेसद्वारा बिरोध

कार्यकर्ता माथिको आक्रमणको काँग्रेसद्वारा बिरोध
+
-

धनगढी-मन्त्री बिना मगरको जिल्ला आगमनमा कालो झण्डा देखाई बिरोध प्रदर्शन गर्दै गरेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता कार्यकर्ता माथि सत्तारुढ नेकपाका कार्यकर्ताले हस्तक्षेप गर्दा कार्यकर्ता घाइते बनाउने गरि भएको आक्रमणको बिरोध गर्दै नेपाली काँग्रेसले निन्दा गरेको छ।

क्षेत्रमा भारतीय हस्तक्षेप हुँदा र हावाहुरी पिडीतलाई राहतको ब्यबस्था गर्न अनुदार रहेको भन्दै पुनर्वासको डोके बजारमा मन्त्री मगरलाई कालो झण्डा देखाउने क्रममा झडप हुँदा काँग्रेसका ७ जना नेता कार्यकर्ता घाइते भएको नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ।

शान्तिपुर्ण बिरोध प्रदर्शन गर्नु लोकतन्त्रको सुन्दर पक्ष हुँदाहुँदै बिरोध गर्नेहरु माथी आक्रमण गर्न कार्यकर्ता परिचालन गर्नु नेकपाको निरंकुश कदम भएको नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले बताए।

सभापती बोहराले भने ” शान्तिपुर्ण प्रदर्शनमा रहेका आफ्ना नेता कार्यकर्ता माथी कैलाली कञ्चनपुरबाट आएका नेकपाका कार्यकर्ताले आक्रमण गर्नु लोकतान्त्रिक चरित्र नभई बर्बरतापुर्ण दमन र अधिनायकवाद हो।

मन्त्री मगर बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको नगर अधिबेशनको उद्घाटन गर्न आउन थालेको खबर पाए पछि काँग्रेसका कार्यकर्ता बिरोध प्रदर्शन गर्न डोकेबजार पुगेका थिए।

काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाए लगत्तै नेकपाका कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथी आक्रमण गरेका थिए। उक्त झडपमा परि नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय , नेका पुर्व क्षेत्रीय सभापति हरेन्द्रसिंह बिष्ट, बेलौरी नगर सचिब बिक्रम चन्द ,पुनर्वास नगरपालिका मेयर उम्मेदवार तोयप्रसाद शर्मा, कार्यकर्ता कृष्ण बहादुर चन्द ,पदम देउपा र चन्द्रमणी गैरे घाइते भएको पार्टी सभापति बोहराले बताए।

नेपाली काँग्रेस कञ्चनपुरले बिज्ञप्ती जारी गर्दै मन्त्री मगरको सुरक्षार्थ ३०० बढी सुरक्षाकर्मी तैनाथ हुँदाहुँदै नेकपाका कार्यकर्ताले प्रदर्शनकारी माथी आक्रमण गरिनु गैर लोकतान्त्रिक चरित्र भएको भन्दै घटनाको निन्दा गरेको छ।

घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत नेपाली काँग्रेस कञ्चनपुर द्वारा जारी बिज्ञप्तिमा लेखिएको छ।

उता नेकपाका नेता दीपक तिम्लिसिनाले झडपमा परी नेकपाका कार्यकर्ता बल बहादुर तामाङ्ग, सुरेश अधिकारी र गुड्डु धामी घाइते भएको जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?