काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग संलग्न रहेको आरोपमा ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’ पुन: पक्राउ परेका छन्। काठमाडौं प्रहरीले उनलाई प्रदर्शनीमार्गबाट पक्राउ गरेको हो।
उनीसँगै पक्राउ परेका कवि तथा पत्रकार संगीत श्रोता भने महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुर्याइएलगत्तै छुटेका छन्। काठमाडौं प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले सोधपुछका लागि रसुवाली कविलाई नियन्त्रणमा लिँदा सँगै रहेका संगीत श्रोतालाई पनि सिंहदरबार वृतमा लगिएको र पछि उनलाई छाडिएको जानकारी दिए।
विप्लव कार्यकर्ता भएको आरोपमा यसअघि पनि पक्राउ परेका रसुवाली कवि तीन साताभन्दा बढी प्रहरी हिरासतमा बसेर छुटेका थिए। उनलाई राज्य विप्लवको मुद्धा चलाइएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































