चौतर्फी दबाबपछि ‘ब्याक’ सर्‍यो प्रहरी, संगीत श्रोतापछि रसुवाली कविलाई पनि छाड्ने तयारी

चौतर्फी दबाबपछि ‘ब्याक’ सर्‍यो प्रहरी, संगीत श्रोतापछि रसुवाली कविलाई पनि छाड्ने तयारी
+
-

काठमाडौ‌ं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग संलग्न रहेको आरोपमा पक्राउ गरिएका कवि  ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’ र अर्का पत्रकार तथा कवि संगीत श्रोताको गिरफ्तारीलाई लिएर प्रहरी आलोचित बनेको छ।

चौतर्फी दबाबलगत्तै प्रहरीले संगीत श्रोतालाई छाडेको थियो भने रसुवाली कविलाई पनि छाड्ने तयारी भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनले सोधपुछका लागि मात्र उनीहरुलाई नियन्त्रणमा लिइएको र अब छाड्ने तयारी भइरहेको बताए। ‘हाजिरी जमानीमा छाड्ने तयारी भइरहेको छ’, डीएसपी बोगटीले भने। काठमाडौं प्रहरीले दुवै जनालाई बुधबार अपरान्ह प्रदर्शनीमार्गबाट पक्राउ गरेको हो।

कवि तथा पत्रकार संगीत श्रोतालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुर्‍याइएलगत्तै छाडिएको थियो।

विप्लव कार्यकर्ता भएको आरोपमा यसअघि पनि पक्राउ परेका रसुवाली कवि तीन साताभन्दा बढी प्रहरी हिरासतमा बसेर छुटेका थिए। उनलाई राज्य विप्लवको मुद्दा चलाइएको थियो।

यो पनि पढ्नुहोस्

विप्लवसँग आबद्ध भएको आरोपमा नियन्त्रणमा लिइएका कवि संगीत श्रोता छुटे

विप्लवसँग आबद्ध भएको आरोपमा नियन्त्रणमा लिइएका कवि संगीत श्रोता छुटे

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’