रातो किताबमा योजना नपरेपछि प्रतिपक्षका सांसदको गुनासो ‘कांग्रेसबाट चुनाव जित्नु मेरो कमजोरी हो ?’

रातो किताबमा योजना नपरेपछि प्रतिपक्षका सांसदको गुनासो ‘कांग्रेसबाट चुनाव जित्नु मेरो कमजोरी हो ?’
+
-

पोखरा-गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले आगामि आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा सरकारले राजनीतिक रुपमै विभेद गरेको बताएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजित बजेटमाथि छलफलमा सहभागि सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रमा एउटा पनि बजेट नपारेको भन्दै आक्रोश पोखे। जिम्मेवार सरकारले ल्याएको बजेटको रातो किताबमा योजनाहरु हेर्दा प्रतिपक्षका सांसदलाई गुमराहमा पारेको उनले सुनाए।

‘मन्त्रालयमा जाँदाखेरी मन्त्रीज्यूले भनेका कुराहरु स्मरण गर्दा र रातो किताबका योजना हेर्दा प्रतिपक्षका सांसदहरुलाई गुमराहमा पारेको, सुनियोजित रुपमा छलकपटमा पारेको महशुस हुन्छ,’ उनले भने, ‘५० लाख र १ करोडसम्मका सडक तथा पुलका योजना ल्याउँदै नल्याउनुहोस् भन्नुभयो तर किताबमा १५, २०, २५ लाखसम्मका मन्दिर, सामाजिक भवन र प्रशस्त सडक तथा पुलहरु पनि नयाँ योजना मन्त्रालयबाट प्रशस्त आएको देखियो।’

सरकारले ल्याएको बजेटमा भनाई एउटा र गराई अर्को भएको सांसद थापाले बताए। उनले भने,- ‘भनाई र गराईमा ठूलो अन्तर छ, बल मिच्याईं मनोवृत्ति देखियो । हामी सरकारमा छौं, जे गरेपनि हुन्छ, तिमीहरु विरोध गर्दै गर भन्ने खराब मनोवृत्तिका साथ आफ्ना सांसद र प्रतिपक्षका सांसदहरु लाई दिइएको योजनामा ठूलो अन्तर र अन्यापूर्ण तरिकाले योजनाहरु आएका छन्।’

छनोट गरेर दिएको योजना आफ्नो निर्वाचन क्षेत्रमा कुनैपनि मन्त्रालयले नसमेटेको उनले सुनाए । ‘सम्भावित २६ वटा योजनाहरु भौतिक मन्त्रालयमा पेस गरेको थिएँ । तिमध्ये एउटा मात्रै पनि योजना परेका छैनन्,’ उनले भने, ‘मैले यो कुरा बडो दुःखका साथ भन्नुपरेको छ । यो रातो किताबको म र मेरो पार्टी अनि कास्की निर्वाचन क्षेत्र २ (२) का जनताको तर्फबाट खेद प्रकट गर्दछु । घोर विरोध गर्दछु।’

भौतिक पूर्वाधार विकास मन्त्रीले आफ्ना योजनाका फाइलहरु मगाएर आफैंले काटेको सांसद थापाको आरोप छ।
सत्तापक्षका सांसदहरुको योजना भरमार परेको र आफ्ना योजना एउटा पनि नपर्दा निद्रा नलागेको उनले बताए।

सत्तापक्षका सांसदको निर्वाचन क्षेत्रमा सडक, खानेपानी आयोजना, सडक पुल, सामाजिक भवन, झोलुङ्गेपुल, लिफ्टिङ सिञ्चाई आदिमा गरी १ अर्ब ४९ लाख रुपैयाँसम्मका योजना परेको उनले बताए।

उनले सांसद बिच विभेद भएको भन्दै सरकारमाथि प्रश्न गरे। ‘सरकार पक्षको पनि निर्वाचित सांसद नै हुनुहुन्छ र म पनि निर्वाचित सांसद नै हो। किन यति धेरै असमानता ? के नेपाली कांग्रेसबाट चुनाव जित्नु मेरो कमजोरी हो?’

बजेटमाथि प्राविधिक गल्ती नभई जानाजान गल्ती गरिएको उनले आरोप लगाए। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको तयारी गरिरहेकोले पनि सत्तापक्षका सांसदलाई भरमार बजेट दिएर प्रतिपक्षलाई बाइपास गरेको उनले बताए। बजेट सच्चिएर आउनुपर्ने समेत सांसद थापाले माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?