
सिमकोट-गर्मी बढेसँगै अस्पतालमा उपचारका लागि आउने झाडा पखानाका बिरामीको संख्यामा बृद्धि भएको छ।
अस्पतालमा चेकजाँच गर्ने देखि र भर्ना हुने बिरामीको संख्या पनि बृद्धि हुदा उपचार गर्न चिकित्सकहरुलाई भ्याई नभ्याई भएको हो।
बिहीबार दिउसोसम्म १४ जना बिरामी अस्पतालमा भर्ना भएको जिल्ला अस्पतालले जनाएको छ।
आउने क्रम जारी रहेकोले भरेसम्म त्यो संख्यामा बृद्धि पनि हुने देखिएको अस्पतालको बुझाई छ।
हाल उपचारका लागि आउने बिरामीमा अधिकाँस झाडा पखाला लागेका बालबालिका रहेको र केही स्वास प्रश्वासका बृद्ध बृद्धा बिरामी रहेको सिनियर अनमी सरिता बोहराले बताईन्। अस्पतालमा बिरामीको चाप बढे पछि चिकीत्सक तथा स्वास्थ्यकर्मीलाई उपचारमा निक्कै ब्यस्त रहनु परेको उनले भनिन्।
दैनिक रुपमा चालीस देखि पचासको संख्यामा बिरामीहरु उपचार गर्न ओपिडीमा आउने गरेको र उनीहरुलाई चेकजाँच पनि केश हेरेर कोही घर फिर्ता जाने र कोही अस्पतालमा भर्ना हुने गरेका छन्।
हालसम्म औषधीको अबस्था भने राम्रै रहेको अस्पतालले जनाएको छ । यो अहिले प्रकोप कै मा देखा पर्न थालेको र यसरी बिरामीको चाप बढ्न थालेको तीन चार दिन भएको बरिष्ठ अनमी बोहराले बताउनु बताईन्।