पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु
+
-

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। मृतक बालक दाजुभाइ हुन्।

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा सुन्दर यु केजीमा र किस्मत नर्सरीमा अध्ययनरत थिए। विद्यालयमा सञ्चालन भइरहेको परीक्षा सकेर घर फर्कने क्रममा पोखरीमा पौडी खेल्दा डुबेका बालकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?