
सिमकोट-जिल्लामा पैसाको अभाव देखिनै लागेका बेला हवाई जहाजबाट २५ करोड भित्रिएको छ।
वाणिज्य बैंक हुम्ला शाखाका लागि पैसाको अभाब देखिन लागेका बेला राष्ट्र बैंक नेपालगंजबाट हवाई जहाजमा महंगो ढुवानी तिरेर मंगलबार पैसा भित्रिएको हो।
यस बर्ष पनि पैसाको अभाब हुने संकेत देखिए भएपछि बाणिज्य बैंक सिमकोट शाखाले केही समय अगाडी राष्ट्र बैंक नेपालगंजसंग माग गरेको बाणिज्य बैंक सिमकोट शाखाले जनाएको छ।
माग अनुसार यतिखेर पैसा नआएको भए पैसाको अभाब हुने संकेत देखि सकेको थियो।मंगलबार नेपाल एयरलाईन्सको वाई १२ जहाजबाट ढुवानी भएर २५ करोड आएप्छि तत्काललाई समस्या नहुने बैंकका निमित्त प्रबन्धन मान बहादुर शाहीले बताए।
केही रकम बैंकमा पनि मौज्दात रहेको बैंकले जनाएको छ। बिगतका बर्षहरुमा असार मसान्तमा बिकासे कार्यालयहरुबाट धेरै योजनाका बजेट खर्च हुने भएको कारण दुई पटक पैसा झिकाउनु परेको अनुभब सुनाउदै निमित्त प्रबन्धक शाहीले पछिको लागि भन्न नसकिए पनि तत्कालका लागि भने पैसा अभाव हुने छैन।
यदि पैसाको अभाव हुने संकेत देखिएमा पून झिकाउने तर्फ बैंक लाग्ने भएको छ।तर, अहिले गाउँपालिकामा बैंकहरु स्थापना भएको कारण फेरी समस्या नपर्ने बताईन्छ।