सुदूरपश्‍चिम प्रदेश सभाको बैठक सातौं पटक स्थगित

सुदूरपश्‍चिम प्रदेश सभाको बैठक सातौं पटक स्थगित
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटको विषयलाई लिएर सदन अवरोध गरिरहेका प्रतिपक्ष दलसँग सरकारले सहमति जुटाउन नसकेपछि प्रदेश सभाको बुधबारको बैठक समेत स्थगित भएको छ।

असार १ गते बजेट पेश भएपछि बजेटमाथि छलफलका लागि असार ५ गते डाकिएको प्रदेश सभाको बैठक सोही दिनदेखि अवरुद्ध हुँदै आएको छ। बुधबार बजेटमाथि छलफल हुनै नपाई प्रदेश सभा बैठक छैठाैँ पटक स्थगित भयो। बुधबारको बैठक प्रदेश सभा सचिवालयले सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ। प्रदेश सभाका सचिव रामसिंह धामीका अनुसार अर्को बैठक असार २१ गते शनिबार राखिएको छ।

प्रदेश सभाको बैठक सञ्चालन गर्ने जिम्मेवारी सरकारको भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत खड्काले बताए। उनले अपारदर्शी रुपमा योजनामा पैसा राखिएको र अर्थ विविधमा योजनाका नाम नराखेरै बजेट राखिएकोले त्यसलाई ब्रेकडाउन गरेर मात्रै पारित गर्नुपर्छ भन्ने आफ्नो दलको अडान रहेको र सो अडानमा सत्तापक्ष सहमत हुन नसक्दा प्रदेश सभाको बैठक अनिश्चित बनिरहेको बताए।

असार २१ गतेका लागि तोकिएको प्रदेश सभाको बैठक स्थगित नहुनेमा आफ्नो विश्वास रहेको सत्तापक्षका प्रमुख सचेतक तारा लामा तामाङले बताए। उनले प्रदेशलाई समृद्ध बनाउन प्रतिपक्षको पनि भूमिका रहने भएकोले सदन संचालनमा गैर जिम्मेवार नहुन प्रतिपक्षलाई आग्रह गरे।

अन्य प्रदेशमा बजेट पारित भइसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा बजेटमाथि छलफल समेत प्रारम्भ हुन सकेको छैन्। प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले खुलेयाम रुपमा बजेटको विरोध गरे पनि सत्ता पक्षका प्रदेश सदस्यहरु समेत बजेट प्रति असन्तुष्ट रहेका छन्। सत्तापक्षका प्रदेश सभा सदस्यहरुले समेत बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्ताक्षर बुझाईसकेका छन्। सत्तापक्षका अधिकांश प्रदेश सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेका छन्।

प्रतिपक्षसँग सहमतिका लागि भनेर प्रदेश सरकारले प्रदेश सभा बैठक सार्न सभामुखसँग आग्रह गर्ने गरेको भएपनि सत्तापक्षकै प्रदेश सभा सदस्यले सदनमा विरोध गर्ने देखिएकाले बैठक सार्ने गरिएको प्रतिपक्षका एक प्रदेश सभा सदस्यले बताए। उनले भने,‘शुरुमा त प्रतिपक्षलाई पेलेर बहुमतको आधारमा बजेट पारित गर्ने प्रदेश सरकारको लक्ष्य थियो, तर आफ्नै भित्रका अधिकांश प्रदेश सभा सदस्यको असन्तुष्टि बढेपछि बैठक सार्ने गरिएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?