भवन छैन, पालमुनि पढाई

भवन छैन, पालमुनि पढाई
+
-

हुम्ला, सिमकोट – सर्केगार्ड गाउँपालिका वडा नम्बर दुई रिपको कोट प्राविका विद्यार्थीलाई पालमुनि राखेर पढाइएको छ ।

विद्यालयको जिर्ण भवन भत्काएर नयाँ भवन निर्माण कार्य भैरहेकोले कक्षा पाँचसम्म पढाई हुने उक्त विद्यालयले चौरमा पाल टाँगेर पढाई गर्ने व्यवस्था गरेको हो ।

चौरमा पाल टांगेर अध्ययन गरिरहेकी कक्षा पाँचकी छात्रा जानकी फडेराले आफूहरुलाई समस्या भएको बताएकी छन् । केही कक्षाको पाल ठिकै भए पनि केहीको भने च्यातिएका कारण पठनपाठनमा समस्या हुँदै आएकोे छ ।

भवन जिर्ण र काम नलाग्ने भएपछि ती भवनलाई भत्काएर नयाँ निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रेम महताराले बताए ।

नयाँ र सुविधा सम्पन्न भवन निर्माणको क्रममा रहेकाले केही समय पालमै डेस्कबेन्च राखेर पठनपाठन गर्नु विद्यालयको बाध्यता रहेको उनको भनाई छ । १६० जना विद्यार्थी रहेको उक्त विद्यालयमा एक करोड ६० लाखको लागतमा भवन बनाउन थालिएको हो ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’