कैलालीका ठूला नदीमा पानीको बहाव बढ्यो

कैलालीका ठूला नदीमा पानीको बहाव बढ्यो
+
-

धनगढी – लगातारको वर्षाका कारण कैलालीका ठूला नदीमा पानीको बहाव बढ्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार कर्णाली नदी, खुटिया, कान्द्रा र मोहना नदीमा पानीको बहाव बढ्न थालेको हो । तर तत्कालका लागि खतरा भने कुनै स्थानमा नरहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

उनले नदी आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको बताए । ‘पहाडी क्षेत्रमा लगातार बर्षा भइरहेको छ’ प्रमुख जिल्ला अधिकारी बोहराले भने–‘त्यसैले जतिवेला पनि ठुला नदीमा पानीको बहाव उच्च हुँदै बस्तीमा पस्न सकने हुँदा हामीले सम्भावित क्षेत्रमा सत्रकता बढाउन आग्रह गरेका हौँ ।’

लगातारको वर्षाका कारण तरकाईका थुप्रै स्थान जलमग्न बनेका छन् । पानी जमेर कतिपय स्थानमा विद्यालय समेत सञ्चालन हुन सकिरहेका छैनन् ।

बर्सेनि पानी बग्ने नाला अतिक्रमण हुँदा बस्ती जलमग्न हुनथालेका हुन् । वर्षाका कारण ज्याला मज्दुरी गरेर खाने श्रमिक वर्ग नियमित काममा जान सकेका छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?