‘हेरिटेज अफ फेसन नेपाल’ लाइभ सो पोखरामा

‘हेरिटेज अफ फेसन नेपाल’ लाइभ सो पोखरामा
+
-

पोखरा-फेसन ट्रेन्डलाई निरन्तरता दिन आउँदो साउन १८ गते पोखरामा ‘हेरिटेज अफ फेसन सो’ कार्यक्रमको आयोजना हुने भएको छ।

एएसएपी इन्टरटेन्मेन्टको आयोजनामा पोखरा ग्रान्डमा फेसन लाइभ सो आयोजना गरिने भएको हो।

नेपालका विभिन्न जातजातिको पुर्ख्याैली पहिरन झल्काउने डिजाइन लिएर २७ मोडल र्‍याम्पमा उत्रने एएसएपीका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जानकारी दिए।

डिजाइनर देविना भट्टराईको ‘बुद्ध वाज वर्न इन नेपाल’, जानकारी कडायतको ‘निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज’, तेजु मगरको नेपाल सौन्दर्य’ र सुपी रसाइलीको ‘दरबार’ गरी चार सिक्वेन्समा फेसन सो हुने अधिकारीले बताए।

‘फेसन सम्बन्धी चलिरहेको ट्रेन्ड जति पनि छन् त्यसभन्दा पृथक गर्ने हाम्रो थिम छ,’ उनले भने, ‘र्‍याम्पमा उत्रने मोडलहरुले हेरिटेज कल्चरलाई प्रोमोट गर्नेछन्।’

कार्यक्रममा सो स्टपरको रुपमा मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार देखिनेछन्। ‘कर्पोरेट क्विन २०१९’ शितल थापा समेत सो स्टपरको रुपमा फेसन सोमा प्रस्तुत हुने आयोजकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

गायिका मिलन नेवार र प्राप्ति तुलाचनले कार्यक्रममा सांगीतिक माहोल बनाउनेछन्। गायक धिरज राईले समेत कार्यक्रममा प्रस्तुति दिने भएका छन्। सोको कोरियोग्राफर भने मुस्कान रानीले गर्नेछिन्।

नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई फेन मार्फत प्रर्वद्धन गर्न लागिएको आयोजकको दाबी छ। उस्तै प्रकृतिको कार्यक्रम अस्ट्रेलियामा समेत गर्न लागिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?