फेसबुक-क्याम्ब्रिज एनालिटिका स्क्याण्डल

‘फेसबुकमाथि पाँच अर्ब अमेरिकी डलर जरिवाना’

‘फेसबुकमाथि पाँच अर्ब अमेरिकी डलर जरिवाना’
+
-

सामाजिक सञ्जालले अहिलेसम्मकै उच्च पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ ।

प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक वास्र्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकायले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकीकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी) ले फेसबुकका ८ करोड ७० लाख भन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैध रुपमा प्राप्त गरी निहित राजनीतिक स्वार्थका लागि प्रयोग गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउने सम्बन्धी प्रस्ताव एफटिसीमा ३–२ भोटले पारित भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस सम्बन्धमा फेसबुक र एफटिसीले कुनै प्रतिक्रिया दिन नचाहेको बिबिसीले उल्लेख गरेको छ ।

एफटिसीले सन् २०१८ को मार्चमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा फेसबुकले सन् २०११ मा भएको सम्झौता उल्लंघन गरे या नगरेको सम्बन्धमा हेरिएको जनाइएको छ ।

सो सम्झौता अनुसार कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत जानकारी प्रयोग गर्नका लागि सम्बन्धित प्रयोगकर्तालाई जानकारी गराउनु पर्ने र त्यसका लागि सहमति लिनु पर्ने व्यवस्था छ ।

एफटिसीमा फेसबुकका प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको सम्बन्धी विषयको अनुसन्धानलाई पाँच अर्ब अमेरिकी डलर तिराएर अन्त्य गर्ने प्रस्तावमा सदस्यबिच विमत्ति भएको द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

रिपब्लिकनहरु पक्षमा र डेमोक्र्याटिकहरु विपक्षमा उभिएको जनाइएको छ । अरु अमेरिकी सञ्चारमाध्यमले पनि स्रोतलाई उद्धृत गर्दै यस्तै खबर प्रकाशित गरेका छन् ।

जरिवाना सम्बन्धी प्रस्ताव न्याय विभागको सिभिल डिभिजनले अन्तिम रुप दिनु पर्छ । यसका लागि कति समय लाग्छ भन्ने थाहा नरहेको स्रोतलाई उद्धृत गर्दै खबरमा जनाइएको छ ।

यो जरिवाना सम्बन्धी प्रस्तावले अन्तिम रुपमा पाएमा एफटिसीले कुनै पनि प्रविधि सम्बन्धी कम्पनीलाई लगाएको अहिलेसम्मकै ठूलो जरिवाना हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?