भारतीय नेपालीभाषीले उत्सवको रुपमा मनाए भानु जयन्ती

भारतीय नेपालीभाषीले उत्सवको रुपमा मनाए भानु जयन्ती
+
-

झापा– भारतभरका नेपालीभाषी भारतीयहरुले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ति उत्सवका रुपमा शनिवार नै मनाएका छन्।

आदिकवि भानुभक्तको २०५ औं जन्म जयन्ती १३ जुलाईका दिन मनाएका हुन्। सरकारी क्यालेन्डर अनुसार १३ जुलाई सार्वजनिक विदा भएको र सरकारले पनि सोही दिन मनाउने हुँदा शनिवार नै सबैले मनाएको सिक्किमका साहित्यकार थिरुप्रसाद नेपालले जानकारी दिए। उनले भने, ‘सरकारले पनि १३ जुलाईमै मनाउने भएकाले हामीले आजै मनायौँ। साहित्यप्रेमीहरुको उत्तिकै उपस्थिति थियो।’

भारतका पूर्वोत्तर राज्यहरुमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई नेपालीभाषी भारतीयहरुले उत्सवका रुपमा मनाउने गरेको सिलिगुडी मिलन मोडका हेमन्त गौतमले बताए। उनले भने, ‘हाम्रो यहाँ आजै सार्वजनिक विदा भएकाले भानु जयन्ति मनायौँ।’

वर्षेनी जुलाई महिनाको १३ तारिकका दिन भारतीय नेपालीभाषीहरु नेपाली पोषाकमा सजिएर आदिकवि आचार्यको जन्म जयन्तीमा मनाउनमा व्यस्त देखिन्छन्।

नेपालीभाषीहरुको सबैभन्दा बढी जनसंख्या भएको आसाममा नेपाली पोषाक लगाएर त्यहाँका नेपालीभाषीहरुले भानु जयन्ति मनाउने गरेको आसामका साहित्यकार रोहित गौतमले जानकारी दिए। उनले भने, ‘आसामका प्रत्येक जिल्लामा जहाँ नेपालीभाषीहरुको बसोबास छ, त्यहाँ भानु जयन्तिको विशेष कार्यक्रम हुने गरेका छन्।’

विशेषगरि पूर्वोत्तर भारतका राज्यहरुमा गरिने भानु जयन्ती कार्यक्रममा नेपाली मौलिक नाच मारुनी नाच तथा विभिन्न कविता वाचनका कार्यक्रम हुने गरेका छन्।

भारतमा मनाइने गरिएको भानु जयन्तिको मुख्य आकर्षण रामायण पाठ तथा भानुभक्तको जीवनीमाथिको चर्चा नै हुने गरेका छन्।

सिक्किमको गान्तोक, गेजिङ तथा नाम्चीमा शनिवार बिहानैदेखि भानुभक्तको शालिकमा माल्यार्पण गरेर साहित्यकारहरु भानु जयन्ती मनाउन भेला भएका थिए।

पूर्वोत्तर भारतका मेघालय, मिजोरम, मनीपुर तथा अन्य नेपाली भाषी बसोबास रहेका राज्यहरुमा पनि भानु जयन्ती मनाइन्छ। भारतमा करिब डेढ करोड नेपालीभाषीहरुको बसोबास रहेको बताइन्छ।

तस्वीरहरुः भारतको सिलिगुडीको मिलन मोडमा मनाइएको भानु जयन्ती।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?