
चिसाे झरीमा
क्राेधाग्नि बालेर
म नजिकैबाट
तीब्र रफ्तारमा बग्दैछ कर्मनाशा।
बगाइदिएकाे छ- सपनाका कलिला विरूवाहरू
उत्रँदै डुब्दै छन् जरैदखि उखेलिएका बुट्यानहरू
रूखका ठूटाहरू
भर्खरै कार्पेट बिछ्याइएकाे जस्तै लाग्ने राताे माटाेका ढिस्काहरू
बर्षाैँपछि सँगालिएका एकथान खुशीहरू
ती सबै बगाइदिएकाे छ।
बालुवाकाे महल हाे कि!
बिषाक्त तरकारीकाे चिट्ठी लुकाउने
अभियुक्तकाे खाेजीमा छ बालुवाटार,
बर्बराएकाे छ- ‘बादल’ र ‘ झरी’
र त आँगनमै डुङ्गा चलेकाे छ
सपना त पानी जहाजकाे थियाे- ‘आइसेल नदी’मा
तैरिने ‘फेरी’ हाेइन,
भाेट जितेकाे नेताले
भाेटबाट नून तेल रेलमा ल्याउने सपना देख्दै गर्दाकाे समय-
चिसाे झरीमा
क्राेधाग्नि बालेर
म नजिकैबाट
तीब्र रफ्तारमा सिन्कान्सेन झैँ,
बत्तिइरहेछ कर्मनाशा।
ठाेक्किन्छ, ढुङ्गाकाे या त्यस्तै चट्टानी अवराेधले,
दुईचार दिनमा र, राेकिन्छ-
मानाैँ, छिमेकी लगामले तानिँदा टक्क अडिन्छ,
हिनहिनाउने सत्ताकाे घाेडा।
आवेग राेकिँदा-
देखाउने छ पूर्ववत्
आफ्नै असली रूप।
आफैँले बिगारेकाे बाटाे र टाेल,
मेलम्चीकाे खाल्टाेमा बजारिन्छ
पल्सरकाे चक्का
उद्वेलित हाम्राे टाेले नेताकाे जस्ताे,
राेकिन्छ, याे ‘यूफाेरिक’ कर्मनाशा।
-हात्तीवन, ललितपुर