इन्स्टाग्रामले लाइक संख्या नदेखिने बनायो

इन्स्टाग्रामले लाइक संख्या नदेखिने बनायो
+
-

इन्स्टाग्रामले विभिन्न देशमा प्रयोगकर्ताले पोस्ट भएका तस्बिर तथा भिडियोमा देखिने लाइकको संख्या नदेखिने व्यवस्था गरेको छ ।

तस्बिर तथा भिडियोमा प्रायः कम लाइक आएमा प्रयोगकर्ताले त्यसलाई हटाउने गरेकाले सो दबाबबाट मुक्त गर्नका लागि लाइकको संख्या लुकाइएको इन्स्टाग्रामले जनाएको छ ।

अस्ट्रेलिया तथा जापानसहितका देशमा इन्स्टाग्राममा पोस्ट भएका तस्बिर तथा भिडियोमा लाइकको संख्या नदेखिने व्यवस्था गरिएको हो । परीक्षणका रुपमा इन्स्टाग्रामले बिहीबारदेखि केही देशमा लाइक संख्या नदेखिने व्यवस्था लागु गरेको हो ।

लाइक गर्नेको संख्या देखिने स्थानमा लाइक गरेका एक प्रयोगकर्ताको नाम तथा ‘एण्ड अदर्स’ देखिन्छ । तर आफ्नो तस्बिर तथा भिडियोमा आएको लाइक संख्या भने पोस्ट गर्नेले हेर्न मिल्छ ।

विशेषगरी किशोर किशोरी तथा युवावस्थाको सुरुवाति चरणमा रहेकाहरुमा सामाजिक सञ्जालका कारण आत्मविश्वास कम हुने गरेको पछिल्ला अनुसन्धानले देखाएका छन् । यस्तै उनीहरुमा अपर्याप्तताको भाव पनि आउने गरेको छ, विशेष गरी त्यो बेला जब उनीहरुले पोस्ट गरेका सामग्रीमा लाइकको संख्या तुलनात्मक रुपमा कम हुन्छ ।

इन्स्टाग्रामले यसअघि गएको मे महिनामा क्यानडामा पनि लाइक संख्या नदेखिने व्यवस्था गरेको थियो । बिहीबारदेखि इन्स्टाग्रामले अस्ट्रेलिया र जापानसहित न्युजिल्याण्ड, आयरल्याण्ड, इटाली र ब्राजिलमा लाइक संख्या नदेखिने बनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?