अनुशासनहीन ६४ हजार २ सय सवारी चालकलाई कारवाही

अनुशासनहीन ६४ हजार २ सय सवारी चालकलाई कारवाही
+
-

पोखरा – पोखराको लेकसाइडमा असार ११ गते एक भारतीय गाडीले वितण्डा मच्चायो । मदिराले लठ्ठ चालकले हाँकेको गाडीले चिल्लीबार अगाडि एकैपटकमा ३ बाइकलाई लतार्‍यो ।

त्यति एक ठाउँमा मात्रै उक्त गाडीले ठक्कर दिएर रोकिएन । अगाडि परेका स्कूटी र ट्याक्सीलाई पनि ठक्कर दिन भ्यायो ।

जसले छोटो दूरीमै ३ मोटरसाइकल, १ ट्याक्सी र १ स्कूटीलाई ठक्कर दिएको थियो । जसबाट पाँचजना घाइते भए ।

पोखरा १८, निवासी ८३ वर्षीय पदमबहादुर गुरुङको मेट्रोसिटी हस्पिटलमा १६ दिनको उपचारपछि डिस्चार्ज भएको छ । उनी अझै पनि गम्भीर प्रकृतिको घाइते भएको चिकित्सक बताउँछन् ।

उक्त गाडी चालक विगत १५ वर्षदेखि भारतमा रहँदै आएका अर्घाखाँची सितगंगा नगरपालिका–८, का ३६ वर्षीय अजय बराल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । बराललाई सवारी अंगभंग मुद्दामा कारवाही अघि बढाइएको छ ।

बिहानैदेखि मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको भारतीय गाडीले पूरै लेन मिचेर चलाउँदा भयावह स्थिती निम्त्यायो ।

मानवीय क्षति टरे पनि चालककै लापरवाहीका कारण निम्तिने दुर्घटनामध्येको त्यस घटनाले झस्काउँछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–०७६ को सवारी दुर्घटना तथा ट्राफिक कारवाहीको आँकडा समेत त्यस्तै प्रकृतिको छ ।

सवारी चालक कारवाहीमा परेको तथ्यांक हेर्दा सडक सुरक्षित छैनन् भन्ने छनक दिएको छ ।

कास्कीमा मात्रै बितेको एक वर्षमा ८२ दुर्घटना भए । सवारी दुर्घटनाकै कारण ३१ जनाले ज्यान गुमाए भने ८० जना घाइते भए ।

ट्राफिक नियम पालना नगर्ने ६४ हजार २ सय सवारी चालकलाई भने ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

मापसे गरेर सवारी चलाउने, सवारी चलाउने क्रममा चालकले मोबाइल फोन गर्ने, लेन अनुशासन पालना नगर्ने, मिटरमा नगुड्ने ट्याक्सी र विभिन्न दुर्घटना भएका सवारी समेतलाई गरी कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उक्त जरिवाना बापत कास्कीमा ४ करोड ४७ लाख ३७ हजार ५ सय राजस्व असुली समेत भएको उनले बताए ।

दुर्घटनाको अवस्था हेर्दा चालकले सडकमा पालना गर्नुपर्ने ट्राफिक नियम नै उल्लंघन गर्नु प्रमुख कारण रहेको एसपी कार्की बताउँछन् । सडक सभ्यता सिकाउन नसक्नु राज्यको पनि कमजोरी भएको उनको भनाई छ । सडक अनुशासन स्वयं चालक जिम्मेवार भएमा मात्रै त्यसले अभियानको रुप लिने उनले सुनाए ।

जिल्ला प्रहरीले अबदेखि दुर्घटनालाई निरुत्साहित बनाउन मापसे दुर्घटनाका मुद्दामा इन्सुरेन्स दाबी गर्नका लागि सिफारिस नगर्ने रणनीति लिएको एसपी कार्कीले जानकारी दिए ।

‘मापसे दुर्घटना, हिट एन्ड रनको घटनामा मुद्दा दर्ता तत्कालै गर्ने’ उनले भने, ‘तर त्यस्ता चालक र सम्बन्ध पक्षलाई दुर्घटनाको इन्सुरेन्स सिफारिस नगर्दा नै पूर्व सावधानी अपनाउँछन भन्ने हाम्रो विश्वास हो ।’

सवारी दुर्घटनालाई नियन्त्रण गर्न पोखराबाट मध्यम तथा लामो दूरीमा छुट्ने बस चालकहरुको पूर्व मापसे जाँच गर्न थालिसकेको एसपी कार्कीले जानकारी दिए । साथै, चालकले बिच बाटोमा मापसे गर्ने, मोबाइल फोन प्रयोग, ओभरस्पिड जस्ता कामलाई नियन्त्रण गर्न यात्रुलाई सचेतना मूलक जानकारी दिइरहेको उनले बताए ।

बढी भाडा लिने, अभ्रद शैलीमा यात्रुसँग प्रस्तुत हुने सवारी चालक वा सहयोगीलाई समेत कारवाहीको दायरामा ल्याउन यात्रुलाई सचेतना जगाई प्रहरी कहाँ गुनासो गर्ने परिपाटीको अवस्था सिर्जना गर्न खोजेको उनले स्पष्ट पारे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?