
धनगढी- सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीको एक होटेलमा बिस्फोट हुँदा ५ जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका ४ चटकपुर शहिद गेट नजिकै रहेको निलम होटलमा अहिले ७ बजेतिर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीले जानकारी दिए।
घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको उनले बताए। उनीहरुको पहिचान भने खुलेको छैन।
विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको प्रहरीले प्रमुख गिरीले बताए। एका एक बिस्फोट भएपछि त्यस वरपरको वातावरण त्रसित भएको छ।
प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।