
धनगढी-धनगढी उप-महानगरपालिका वडा नम्बर–४ चटकपुरमा विस्फोट भएको वस्तु बम भएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीले विस्फोट भएको स्थानमा पेस्तोल समेत भेटिएका कारण होटलमा बम बिष्फोट भएको हुन सक्ने बताए।
बिष्फोटमा परी निलम होटलका चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोबिल खान, लक्ष्मण शेराला र राम सिंह घाइते भएका छन्।
घाइतेमध्ये होटल सञ्चालन केशवराज पाण्डे र रामसिंह गम्भिर घाइते रहेका छन्।
उनीहरुको चटकपुरस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख गिरिले बताए।