धनगढीमा बम विस्फोट भएको पुष्टि, ५ जना गम्भीर घाइतेको उपचार हुँदै

धनगढीमा बम विस्फोट भएको पुष्टि, ५ जना गम्भीर घाइतेको उपचार हुँदै
+
-

धनगढी– बिहीबार बेलुका धनगढीको शहिद गेटमा भएको विस्फोटमा परी घाइते भएका पाँचै जनाको परिचय खुलेको छ।

धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए।

उनका अनुसार अन्य घाइतेमा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको   र उनीहरुको  धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ। घाइते सबैको अवस्था गम्भीर रहेको छ।

घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ।  प्रहरी प्रमुख गिरीले बिस्फोट भएको बम नै भएको बताए। उनका अनुसार घाइते मध्य दुई जना विप्लव माओवादीका लडाकु नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घाइतेमध्य राम सिंह र लक्ष्मण सेराला विप्लव माओवादीका लडाकु रहेको बुझिएको छ। सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिए पनि पछि बम बिस्फोट भएको पुष्टि भएको प्रहरी प्रमुख गिरीले जानकारी दिए।

अहिले घटना स्थल वरिपरि सुरक्षाकर्मीको वाक्लो उपस्थिति रहेको छ। धनगढीको सुरक्षा व्यवस्था पनि कडा पारिएको सुरक्षा अधिकारीको भनाइ छ।

घटना स्थल मुख्यमन्त्री निवासबाट नजिकै रहेको छ। घटनाका बारेमा थप अनुसन्धान भईरहेको कैलालीका प्रहरी प्रमुख गिरीले बताए।

यो पनि पढ्नुहोस्

धनगढीमा विस्फोट भएको वस्तु बम भएको आशंका, घटना स्थलमा पेस्तोल भेटियो

धनगढीमा विस्फोट भएको वस्तु बम भएको आशंका, घटना स्थलमा पेस्तोल भेटियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?