
संसारभरी फेसएपको धूम मच्चिएको छ । यो एपबाट आफ्नो बुढेशकालको सम्भावित तस्बिर मानिसहरु हेरिरहेका छन् । सामाजिक सञ्जालमा फेसएपको तस्बिर अन्धाधुन्द पोष्ट भइरहेका छन् ।
यो एपले कुनै पनि व्यक्तिको तस्बिर कृतिम तरिकाले बदलेर बुढो देखाउने गरेको छ। तर हामीलाई आफ्नो बुढेशकालको तस्बिरले जति रोमान्चित पारिरहेको छ एपले खतरा निम्त्याउने भन्दै चिन्ता पनि व्यक्त गरिएको छ ।
यह रूसी ऐप हो । जब हामी एपमा तस्बिर बदल्नका लागि पठाउँछौँ यो फेसएप सर्वरसम्म जान्छ र फेसएप यूजर्सको तस्बिर छानेर अपलोड गर्छ । यसमा परिवर्तन कृतिम इन्टेलिजेन्समार्फत गरिन्छ । यसमा सर्वरको प्रयोग हुन्छ र एपमार्फत नै तस्बिर खिच्नुपर्छ ।
तर यो एपलाई हामीले मात्र एक तस्बिर दिइरहेका छैनौँ कि अरु धेरै कुरा पनि दिइरहेका छौँ । तस्बिरको निजी प्रयोग भइरहेको जस्तो लागे पनि यसको सार्वजनिक प्रयोग पनि हुन सक्ने सम्भावना छ । यो एपले मोबाइलमार्फत अनेकन सूचना हासिल गर्न सक्छ र पछि त्यसलाई विज्ञापनमा प्रयोग गर्न सकिन्छ ।
यसलाई मार्केटिङको हतियारका रुपमा पनि हेर्न थालिएको छ । कतिपय मानिसहरु यो कुराको चिन्ता गरिरहेका छन् कि यो एप मोबाइलमा रहेका सबै तस्बिरसम्म पुग्न सक्छ । धेरैले यो पनि दाबी गरेका छन् कि ऐप खोले लगत्तै इन्टरनेटमा सबै तस्बिर अपलोड हुन थाले ।
फेसपएलाई लिएर अमेरिकी सीनेटमा पनि चिन्ता व्यक्त गरिएको छ । सीनेटमा अल्पसंख्यक नेता चक शुमर ले फेसएपको जाँचको माग गरेका छन् । ट्विटरमा पोस्ट गरिएको पत्रमा शुमरले लेखेका छन्, ‘यो अति चिन्ताजनक विषय हो । अमेरिकी नागरिकको निजी डाटा विदेशी शक्ति हासिल गरिरहेका छन् । ’
BIG: Share if you used #FaceApp:
The @FBI & @FTC must look into the national security & privacy risks now
Because millions of Americans have used it
It’s owned by a Russia-based company
And users are required to provide full, irrevocable access to their personal photos & data pic.twitter.com/cejLLwBQcr
— Chuck Schumer (@SenSchumer) July 18, 2019
तर यो चिन्ता फेसएपले ठाडै अस्वीकार गरेको छ । यो एप सेन्ट पीटर्सबर्ग स्थित कम्पनी वायरलेस लैबको हो । यो कम्पनीको दाबी छ कि मानिसहरुको तस्बिर स्थायी रूपमा स्टोर गरिँदैन ।