निमार्णाधीन विद्यालयको भवनमा गुठीयारहरुद्वारा आगजनी

+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१२ टेकु स्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको निर्माणाधीन भवनमा स्थानीय गुठीयारहरुले आगजनी गरेका छन् ।

पचली भैरव गुठीको जग्गामा विद्यालयले अनाधिकृत रुपमा व्यापारिक भवन निमार्ण गर्न थालेको भन्दै गुठीयारहरुले आगजनी गरेका हुन् । गुठीयार र विद्यालयबीच जग्गा उपयोगका विषयमा लामो समयदेखि विवाद चर्केको थियो ।

जग्गा विवादबारे छलफल गर्न शनिबार बिहान आयोजित बैठकमा जनप्रतिनिधिको जवाफ गैरजिम्मेबार रहेकाे भन्दै आक्रोशित भिडले निमार्णाधिन भवनमा आगजनी गरेको हो ।

विवाद समाधान गर्नुको साटो वडाअध्यक्ष विकास डंगोलले ‘जे गर्न सक्नुहुन्छ गर्नुस् ’ भनेपछि आक्रोशित भिडले निर्माणाधिन भवनका पिल्लर निकालेर आगो लगाएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए ।

उनले यसअघि पोखरी रहेको उक्त जग्गाको लालपुर्जा पचली भैरव गुठीको नाममा रहेको दाबी गरे ।

‘विद्यालयले पहिले पोखरी अतिक्रमण गर्यो, अहिले सोही जग्गामा व्यापारिक भवन बनाउन थाल्यो, हामीले गुठीको जग्गामा त्यस्तो नगर्नुस् भन्दै आयौँ, तर काठमाडौँका मेयरले पनि हाम्रो कुरा सुनेनन्’ उनले भने, ‘उल्टै ‘जे गर्न सक्नुहुन्छ गर्नुस्’ भनेपछि आक्रोशित भिडले आगजनी गरेको हो ।’

विद्यालयसँग भवन निमार्णका लागि पर्याप्त जग्गा हुँदाहुँदै गुठीको जग्गामा आँखा गाडेको उनको आरोप छ । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण पाधिकरणको बजेटमा विद्यालयले भवन बनाइरहेको थियो ।

‘लालपुर्जा नभएको ठाउँमा नक्का पास नगरिकनै भवन बनाउने? यस्तो पनि हुन्छ? खोइ नक्सा देखाउनुहोस् जग्गा कसको नाममा छ तपाईँलाई थाहा छ?’ स्थानीय गुठीयारले शनिबारको बैठकमा वडाअध्यक्षलाई प्रश्न गरेका थिए ।

तर वडाअध्यक्षले ‘सार्वजनिक जग्गामा भवन बनाउन केही चाहिँदैन’ भनेर जवाफ दिएपछि विवाद थप चर्केको श्रेष्ठले बताए । उनले यो बैठकमा काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई डाकिएको भए पनि उनी नआएको बताए ।

तर विद्यालयका प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठले भने उक्त जग्गामा कुनै पोखरी नरहेको जिकिर गरे ।

‘म २०४६ साल देखि यहाँ कार्यरत छु, कुनै किसिमको पोखरी थिएन, विद्यालयको मातहतको जग्गामा शिक्षा कार्यालयको सिफारिसमा भवन बनाउन थालेका थियौँ’ उनले भने, ‘शिक्षाको विकास जस्तो पवित्र कार्यमा बाधा गर्नु राम्रो होइन ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?