साउनको सोमबार शिवजीको पूजा गर्दा यी तीन कुरा ध्यान राखौँ

साउनको सोमबार शिवजीको पूजा गर्दा यी तीन कुरा ध्यान राखौँ
+
-

साउनको सोमबार हरियो चुरा, साडी र हरिया परिधान लगाएर महिलाहरु पशुपतिनाथ वा अन्य शिवालयहरुमा गएको देख्छु। यहाँनेर मैले आफूले जानेबुझेको केही भनाइ महिला दिदीबहिनीहरुसँग राख्न चाहन्छु।

तपाईँ हरियो परिधानमा शिवालय किन जानुहुन्छ? फेसबुकमा फोटो राख्न, फेसन गर्न, अरुलाई देखाउन वा भगवान शिवजीलाई प्रसन्न पार्न?

फेसबुकमा फोटो राख्न, फेसन गर्न वा अरुलाई देखाउन शिवालय जानुभएको हो भने त तपाईँलाई जसो गर्दा सजिलो हुन्छ,  त्यसै गर्दा हुन्छ। होइन, शिवजीलाई प्रसन्न पार्न वा उनको पूजाआराधनाका लागि शिवालय जानुभएको हो भने यी तीन कुरामा ध्यान दिनु राम्रो हुन्छ।

पहिलो कुरा, फेसन गरेर वा शरीरका अंग प्रदर्शन गरेर यदि तपाईँ शिवालय जानुहुन्छ भने शिव कहिल्यै प्रसन्न हुनुहुन्न। तपाईँले लगाएको परिधानमा सौम्यता र सादापना हुनैपर्छ। शरीरका अंग प्रदर्शन गरेर शिवजीको पूजा गर्नु उहाँको अपमान हो। अपमान गरेर उहाँ कसरी खुसी हुनुहोला?

दोस्रो कुरा, शिवालयमा पूजा गर्दा जहिल्यै पनि शिर ढाक्नुपर्छ। शिर नढाकी गरिएको पूजामा भद्रता नहुने मान्यता छ। शिर नढाकी पूजा गर्दा शिवजी कदाचित प्रसन्न हुनुहुन्न। शिर नढाकी पूजा गर्नु शिवजीको अपमान हो।

तेस्रो कुरा, यदि तपाईँको श्रीमान् तपाईँ सँगै हुनुहुन्छ भने साउनको पूजा गर्दा उहाँ साथमै हुनुपर्छ। हो, तपाईँको श्रीमान् कामका सिलसिलामा विदेश वा नेपालकै कुनै अन्य स्थानमा जानुभएको छ भने उहाँलाई पूजामा सहभागी गराउनु सम्भव हुँदैन। तर, साथै हुनुहुन्छ भने उहाँ सँगै गएर पूजा गर्दा शिवजी प्रसन्न हुनुहुन्छ। शिवजीको पूजा गर्ने क्रममा वैवाहिक जोडीले साथमा पूजा गरेको उत्तम मानिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?