सरकारी जागिरसँगै तरकारी खेती

सरकारी जागिरसँगै तरकारी खेती
+
-

हुम्ला, सिमकोट – कृषि पेशामा सबैले उपेक्षा गरीरहेको अवस्थामा हुम्ला जिल्लाका एक वडा सचिव धर्मराज रोकाया कार्यालयबाट बचेको समयमा तरकारी खेतीमा लागेका छन् । सिमकोट गाउँपालिकाको वडा सचिवमा कार्यरत रोकायाले कार्यालयको कामबाट बचेको समयलाई तरकारी खेतीमा लगाएर अतिरिक्त कमाई गरिरहेका छन् ।

बर्सेनि रुपमा आफ्नै लागि भए पनि तरकारी खेती गरिरहनु भएका सचिव रोकायाले गत वर्षदेखि आफ्नो जग्गाका साथै केही जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको र आम्दानी पनि राम्रै हुन उनले बताए । गत वर्ष दुई लाखसम्म तरकारी खेतीबाट कमाई गर्नु भएका रोकायाले यसपाली आफ्नो र भाडामा लिएको जग्गा गरी आठ सय वर्ग मिटरमा तरकारी खेती सुरु गरेका थिए ।

तरकारी बारीमा फलेका टमाटर देखाउँदै रोकायाले यसपाली तरकारी राम्रो फलेको देख्दा आम्दानी पनि बृद्धि हुने उनले बताए । तीन सय वर्ग मिटर जग्गामा टमाटर फलाएको र बाँकी अरु जग्गामा काउली, बन्दा, प्याज, धनिया, गाँजर र मुला लगाएको र अब केही दिनमा बजारमा बिक्री सुरु भएको छ । टमाटर भने दाना लागेको भए पनि पाकी नसकेको कारण बजारमा आउन भने अझै केही समय लाग्ने छ ।

पाँच सन्तानका पिता रोकायाका चार छोराछोरी विवाह गरेर जागिर आएको र आफू पनि जागिरसँगै तरकारी खेतीमा लागेको उनले बताएका छन् । नेपालगञ्ज र सुर्खेतबाट महंगो हवाई ढुवानी भएर आएको तरकारी भन्दा एक सय रुपैयाँ कम सस्तोमा तरकारी बिक्री गर्ने गरेका छन् ।

तरकारीको अडर लिन बारीमा आउने गरेका छन् । यो पेशालाई उनलाई श्रीमती मुसी रोकायाले सघाई रहेकी छन् । यो सिजनमा कम्तीमा पनि तरकारीबाट तीन लाख कमाई हुने उनले आँकलन छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?