
सिमकोट-नेपाल महिलाहरु कम प्रमुख जिल्ला अधिकारी भएको सन्दर्भमा जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको आगमनसँगै कामको जिम्मेवारी पाएकी छन्।
दुर्गममा कर्मचारी बस्न आनाकानी गरि रहेको अवस्थामा अध्यागमनबाट हुम्ला सरुवा भएर बिनिता भट्टराई नयाँ प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालयमा हाजिर भएकी हुन।
प्रजिअ भट्टराईले कार्यालयमा काम सुरु गरे संगै जिल्लाका राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मी सबैसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने र जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायममा आफ्नो पहिलो प्राथमिकता रहेको बताइन्।
अर्को प्रजिअ भट्टराईले महिला, दलित, जेष्ठ नागरिकहरुका लागि कार्यालयमा सहज पुहँचका लागि आफ्नो प्रयास रहने बताइन्। पहिलो पटक जिल्लामा आएको कारण धेरै कुरा बुझ्न बाँकी रहेको र केह दिन आफुले अध्ययन गर्ने पनि उनले बताइन्।
यस अघि प्रजिअ भट्टराईलाई सिमकोट बिमानस्थलमा स्थानीय महिलाहरुले स्वागत गरेका थिए।केही दिन अगाडि प्रजिअ धोलकराज ढकालको काज सरुव गह मन्त्रालयमा भएपछि उनको ठाउँमा भट्टराई आउकी हुन। देशमै छिटो छिटो प्रजिअ सरुवा हुने जिल्लामा हुम्ला पनि पर्छ।