डडेल्धुरामा कांग्रेस कार्यालय सचिवले कुटे उप-प्रमुखसहित महिला नेतृ

डडेल्धुरामा कांग्रेस कार्यालय सचिवले कुटे उप-प्रमुखसहित महिला नेतृ
+
-

धनगढी–  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा महिला संघकी नेतृहरुमाथि पार्टीकै कार्यालय सचिवले कुटपिट गरेका छन्।

नेपाली का‌ंग्रेसको पार्टी कार्यालयमा महिला संघको बैठक चलिरहेका बेला कार्यालय सचिव राम विष्टले आफूहरु माथि कुटपिट गरेको महिला संघ तदर्थ समितिकी संयोजक तथा परशुराम नगरपालिकाकी उप-मेयर कलावती बोहराले बताइन्।

उनले आफूलगायत उप–संयोजक वसन्ती भण्डारी र अन्य महिला नेतृलाई कुटपिट गरिएको बताइन्। कुटपिटबाट बोहरा र भण्डारी घाईते भएका छन्।

भण्डारीलाई डडेल्धुरा अस्पतालले थप उपचारका लागि काठमाडौँ  रेफर गरिसकेको महिला संघ तदर्थ समितिकी संयोजक बोहराले बताईन्। उनले कार्यालय सचिव विष्टले कार्यालय भित्र किन बैठक गरेको भन्दै आफूहरुमाथि कुटपिट गरेको बताइन्। उनले भण्डारीलाई भित्तामा टाउको ठोक्दै कुटपिट गरेको र आफूमाथि कुर्सीले प्रहार गरेको बताईन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खडकाले दुबै पक्षले आफूहरुमाथी कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएको बताए। उनका अनुसार कार्यालय सचिव बिष्टले महिलाहरुले आफूहरु माथि हातपात गरेको भन्दै उजुरी दिएका छन् भने महिला संघका सरस्वती खडका र बसन्ती भण्डारीले कार्यालय सचिव बिष्टले हातपात गरेको भन्दै उजुरी दिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेपाल महिला संघ केन्द्रीय समितिले डडेल्धुरा महिला संघ तदर्थ समितिको संयोजकमा बोहरालाई मनोनय गरेपछि विवाद बढ्दै गएको थियो।

कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले लेटरप्याडको दुरुपयोग गरी संयोजक चयन गरिएको दाबी गर्दै आएका थिए। कुटपिटमा संग्लन बिष्ट जिल्ला सभापति कर्ण मल्ल पक्षका हुन् भने महिला संघका नेतृहरु नेता रघुविर भट्ट पक्षका हुन्।

महिला संघ जिल्ला स्तरीय तदर्थ समितिले पार्टी सभापति मल्लको ठाडो निर्देशनमा कुटपिट भएको आराप लगाउँदै  विज्ञप्ती जारी गरेका छन्।

पार्टी सभापति मल्लले भने कार्यालयको ताल्चा तोडेर बैठक गरेकाले सामान्य विवाद भएको बताए। उनले महिला संघका आधिकारिक पदाधिकारी समेत उनीहरु नभएको दावी गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?