विराटनगर महानगरको १४ स्थानमा नि:शुल्क वाइफाइ सेवा

विराटनगर महानगरको १४ स्थानमा नि:शुल्क वाइफाइ सेवा
+
-

मोरङ-विराटनगर महानगरपालिकाले बुधबारबाट नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालनमा ल्याएको छ।

बुधबार विराटनगरको कञ्चनवाडीबाट सेवा सञ्चालनको उद्घाटन गर्दै महानगरपालिका मेयर भीम पराजुलीले निःशुल्क वाइफाईले युवालाई महानगरपालिकासँग जोड्न खोजेको स्पस्ट पारे।

उनले महानगरले नगर क्षेत्रमा निःशुल्क वाइफाई सेवा उपलव्ध गराउने आफ्ना नीति र कार्यक्रम अनुसार साउन महिनाभित्रमा ३२ स्थान सेवा सञ्चालन गर्ने अनुरुप कार्यशुरु गरेको जानकारी दिए।

प्रमुख पराजुलीले यसपछि आगामी कात्तिक महिनाभित्र नगरका प्रमुख चोकमा थप ५० स्थानमा वाइफाई जडान गर्ने योजना रहेको बताए।निःशुल्क सेवा वल्र्ड लिङ्क प्रा.लि र महानगरपालिकाको सम्झौतामा सेवा सञ्चालनमा आएको हो।

पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, कोशी अञ्चल अस्पताल, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, भृकुटी चोक, विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा शुरु गरिएको छ।

जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि १ सय मिटर क्षेत्रमा एकसाथ २ सय ५० देखि ३ सय ५० जनाले तीन एमविपिएसको सेवा उपभोग गर्न पाउनेछन् । यो सेवा पाँच बर्षका लागि लिङ्कले निःशुल्क उपलव्ध गराएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?