दुई लाख नगदसहित नाै जुवाडे पक्राउ

दुई लाख नगदसहित नाै जुवाडे पक्राउ
+
-

धनगढी– प्रहरीले कैलालीको गोदावरी नगरपालिकाबाट दुई लाखभन्दा बढी नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ।

सुराकीले दिएको सूचनाका आधारमा अत्तरियामा रहेको खप्तड होटल रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले २ लाख ३१ हजार आठ सय ३० रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर–३ का ३५ वर्षका डबल खड्का, सोही ठाउँका ४२ वर्षका लोकेन्द्रसिंह साउँद, वडा नम्बर–१ बस्ने ४० वर्षका नवराज भट्ट, सोही स्थानका ४२ वर्षका बेनुप्रसाद खरेल, कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर–४ का ३५ वर्षका सन्तोष चन्द  रहेका छन्।

यस्तै भीमदत्त नगरपालिका वडा नम्बर–३ कै २६ वर्षका रामबहादुर सिंह, सोही स्थानका ३३ वर्षका धिरेन्द्र बहादुर चन्द, ३२ वर्षका सन्जु राना, कञ्चनपुरकै महाकाली नगरपालिका ५ का ३० वर्षका रामदत्त जोशी रहेका प्रहरीले जनाएको छ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम कारवाहीका लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?