सिमकोट– हुम्लाका एक दर्जन भन्दा बढी कृषक, सहकारी, कृषि फार्म तथा कृषक समूहहरु मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन्।
जिल्लामा कृषि तथा पशु विकासका क्षेत्रमा नमूना योग्य कार्य गर्ने नमूना कृषक, पशुपालक, सहकारी र कृषक समूह मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन्।
सात वटा गाउँपालिकाबाट एक–एक जना अगुवा नमूना किसान, पशुपालक र कृषि सम्बन्धि काम गर्ने सहकारी तथा कृषक समूह मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख ऋिषिराज कोइरालाले बताए।
यसका लागि गाउँपालिकाको समन्वयमा केही समय अगाडी आवेदन मागिएको र त्यसमाथि स्थलगत तथा कागजातको आवश्यक मुल्याङ्कन गरेर छनौट गरिएको हो।
यसरी जिल्ला भरिबाट छनौट भएका कृषकहरुमा नारायण फडेरा, मोतिलाल रावल, डोमडोल लामा रहेका छन् भने पशुपालक किसानमा नुर्ब तण्डुप तामाङ, धनपति बुढा, प्रेम बहादुर रावल, चन्दा फडेरा जय बहादुर शाही रहेका छन्।
त्यसै गरि कृषि समूहहरुमा राताढुङ्गा फलफुल तथा तरकारी कृषक समूह खार्पुनाथ एक र मालिका देव कृषि तथा पशुपालक समूह सिमकोट चार पुरस्कृत भएका छन्।
यस्तै नारायण कृषि, माैरी, पशु तथा जडिबुटी फार्म सर्केगार्ड–३ र ठाडो खोला स्याउँ फारम पशुपालन फार्म सिमकोट–७ र सहकारी संस्थाहरुमा पोख्री कृषि सहकारी संस्था सर्केगार्ड–५ र शिवशक्ति बहुउदेश्यीय सहकारी संस्था पुरस्कृत भएका छन्।
पुरस्कृत कृषक तथा पशुपालकलाई जनही पन्ध्र हजार, फार्मलाई २५ हजार, कृषक समूहलाई ३५ हजार सहकारीलाई पचास हजार नगद पुरस्कार प्रदान गरिएको प्रमुख कोइरालाले बताए।
पुरस्कार जिल्ला समन्य समितिका प्रमुख दान बहादुर रावतले प्रदान गरेका थिए। पुरस्कृत भएपछि कृषि क्षेत्रमा थप जिम्मेवार भएर काम गर्ने हौसला बढेको किसान मोतिलाल रावलकाे भनाई छ।

भर्खरै
लोकप्रिय






































































































































































































