सुदूरपश्चिमलाई चीनसँग जोडने ताक्लाकोट सडक-खण्ड निर्माण सुस्त

सुदूरपश्चिमलाई चीनसँग जोडने ताक्लाकोट सडक-खण्ड निर्माण सुस्त
+
-

धनगढी-सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने सुदूरपश्चिम प्रदेशको गौरवको योजना सेती लोगमार्ग अन्र्तगत बझाङको चैनपुर ताक्लाकोट सडक खण्ड निर्माणको काम एकदमै सुस्त गतिमा भैरहेको छ।

सेती लोगमार्गको उत्तरी खण्डमा निर्माण भै रहेको यो सडक छिटो निर्माण गर्ने यस क्षेत्रका स्थानीयको चाहाना भए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुको लापर्वाहीका कारण काममा ढिला सुस्ती भैरहेको छ।

कैलालीको बैनियाबाट सुरु भएको सेती राजमार्ग डोटी, अछाम, बाजुरा हुदै बझाङको चैनपुर भएर ताक्लाकोट जोडीने सडक हो । राजमार्गको उत्तरी खण्ड बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको सिमाना उरै भञ्ज्याङ सम्म १ सय १७ किलोमिटर लम्बाई भए पनि हाल सम्म जम्मा ३० किलोमिटर मात्रै ट्रयाक खोल्ने काम भएको छ।

चैनपुरदेखि साईपाल गाउँपालिकाको धुलीसम्म सडक निर्माणका लागि दुई वटा प्याकेजमा राजेन्द्र निर्माण सेवा र नागार्जुन निर्माण सेवाले काम गरिरहेका छन् । चैनपुरदेखि रुपातोला सम्म निर्माणको जिम्मा लिएको राजेन्द्र निर्माण सेवाको ७५ प्रतिशत काम भएको बताउदै चैनपुर ताक्लाकोट सडक आयोजनाका प्रमुख ऐन बहादुर सिंहले भने –‘रुपातोला देखी माथि धुली सम्म काममा ढिलाई भएको छ।’

उनले रुपातोला देखी धुली सम्म सडक निर्माण गर्ने नागार्जुन निर्माण सेवाले २०७४ साल मंसिदेखी काम सुरु गरेको भए पनि हाल सम्म १२ किलोमिटर मात्र ट्रयाक खोलेको जानकारी दिए।जिल्लाको अन्तिम गाँउ धुली सम्म पुग्‍न अझै २० किलोमिटर ट्रयाक खोल्न बाँकी भएकाले छिटो छरितो काम गराउन बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले निर्देशन दिएका छन्।

उनले भने-‘म पनि सडक अनुगमन गर्न गएको थिए अन्य कुनै पनि समस्या छैन तर निर्माण कम्पनीकै ढिला सुस्तिका कारण ट्रयाक खोल्ने कामको प्रगती भएको छैन।’ उनले आउँदो दशै भित्र धुली गाँउ सम्म बाटो खोल्न ठेकदारलाइ ताकेता गरेको पनि बताए।

जिल्लाको साईपाल गाउँपालिका भएर जाने यो सडकको काम छिटो छरितो गर्न गाउँपालिकाले समेत अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । उनले भने–‘यो सडक निर्माणको काम यस्तै गतिमा भए अझै १० बर्ष लाग्ने देखिन्छ, कामलाई गति दिन आवश्यक छ।’

जिल्लाकै सबै भन्दा दुर्गम साईपाल गाउँपलिकाका स्थानीय बासिन्दा यहि सडकको पर्खाईमा रहेको स्थानीय बासिन्दा घुरन बोहराले बताए।उनले भने –‘अहिलेसम्म साईपाल गाउँपालिकामा सडक पुग्न सकेको छैन। सबै सामानहरु खच्चड र भेडाको भरमा नै पर्नु पर्ने बाध्यता रहेको छ।’ यो सडक खण्ड निर्माणको काम छिटो छरितो भए यहाँका सबै स्थानीय बासिन्दालाई ठूलो राहात पुग्ने उनको भनाई छ।

तल्कोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दा सुरेन्द्र बोहराले पनि चैनपुर ताक्लाकोट सडक निर्माणको कार्य जुन गतिमा हुनु पर्ने त्यो गतिमा नभएको बताए। उनले भने–‘२०७४ साल देखी हाल सम्म यहि सडक भएर ओहोर दोहोर गरि रहेको छु, कहिल्यै पनि राम्रो तरिकाले काम भएको देखिएन।’ यस विषयमा सरोकारवाला निकायले चासो दिन आवश्यक रहेको उनले बताए।

निर्माण सेवा कम्पनीहरुले भने कहिले तेलको अभाव, कहिले साइडमा काम गर्न समस्या भएको बताउने गरेका छन्।रुपातोला धुली सडक खण्डका लागी ७५ करोड र चैनपुरदेखी रुपातोला सम्म २२ करोडको अहिले ठेक्का भएर काम हुदैछ।यो नाका खोल्न सके सुदुरपश्चिम प्रदेशको समृद्धीमा ठुलो योगदान पुग्ने जानकारहरु बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?