चिर्पटले हानेर बुवाको हत्या, छोरा पक्राउ

चिर्पटले हानेर बुवाको हत्या, छोरा पक्राउ
+
-

धनगढी – कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा एक युवकले चिर्पटले हानेर बुवाको हत्या गरेका छन् । गोदावरी नगरपालिकाको वडा नं ५ र्बबाटामा आइतबार राति करिब सवा नौ बजेको समयमा छोरोले चिर्पटले हानेर बुवाको हत्या गरेका हुन् ।

३० वर्षका छोरा राम सिं कुमालले चिर्पट प्रहार गर्दा ६० वर्षीय बुवा अम्मर सिं कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रातिको समयमा घरायसी विवाद भएपछि छोराले बुवामाथि चिर्पट प्रहार गरेका थिए । गम्भीर घाइते अम्मर सिं कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

घटना पछि छोरा राम सिं कुमाललाई प्रहरीले पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरिले जानकारी दिए ।

हत्या गरी फरार रहेका कुमाललाई गोदावरी नगरपालिका वडा नं १ धनगढी रोडको सब्जी मण्डी नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बतए ।

घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?