कञ्चनपुरमा विद्यार्थी आत्महत्या घटना

मानसिक तनाव दिएर आत्महत्या गरेको भन्दै शिक्षकविरुद्ध उजुरी

मानसिक तनाव दिएर आत्महत्या गरेको भन्दै शिक्षकविरुद्ध उजुरी
+
-

धनगढी- आफ्नो छोरालाई शिक्षकले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतकका वुवाले शिक्षकविरुद्ध किटानी जाहेरी दिएका छन्।

शनिवार भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय सुरज लेखेकले भीमदत्त नगरपालिका–३ भाँसीमा रहेको आफ्नै घरको कोठामा झुन्डियर आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नु अघि हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर सुसाईट नोटमा उल्लेख गरेका थिए।

मृतक सुरजका बुवा गणेश दत्त लेखकले ‘सुसाइड नोटमा’ मा उल्लेख भएको नाम विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएको बताए। उनले दिएको जाहेरीमा घटनाको सत्य, तथ्य छानबिन गरी दोषिमाथी कारबाहीको माग गरिएको छ।

बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका गणेशले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशी विरुद्ध किटानी दिएको बताए। लेखकले शिक्षक हरिलाल जोशी विरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी दिएका छन्।

‘सुसाइड नोटमा’ मा उल्लेखित ‘मृत्युको कारण’ हरिलाल जोशी विरुद्ध दिइएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताए। उनले भने –‘प्रकृयागत रुपमा घटनाको अनुसन्धान भइरहेको छ, अहिले सम्म शिक्षक हरिलाल जोशीलाई पक्राउ भने गरिएको छैन।’

लिटिल बुद्ध ऐकेडेमी प्लस टुका संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा साथीसंग चुरोट खाइरहेको देखेपछि सुरज सहित उनका साथी आशिस चन्द र मनिस विष्टलाई विद्यालयमा बोलाएर सम्झाई बुझाई गरिएको जनाए।

विद्यालयकै अर्का शिक्षक दुर्गा दत्त अवस्थीले तीनै जनालाई दुई दुई थप्पड हानेको बताउँदै उनले तीनै जना विद्यार्थीबाट कागज बनाएको समेत बताए। तीनै जना विद्यार्थीले एलबिएका संयोजकलाई सम्बोधन गरेर कलेज नआएको बारे निवेदन सहित औठाँछाप समेत लगाएका छन्।

जोशीले मृतक लेखक बाहेकका दुई जनालाई तत्कालै अभिभावकको जिम्मा लगाईएपनि लेखकको घरमा फोन नउठेको बताए। लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई आइतबार सेवाबाट हटाएको छ। प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीले गरेको सुसाईट नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई सेवाबाट हटाएको जानकारी दिए।

निलम्बित शिक्षक हरिलाल जोशीले प्रशासनिक अभिभावकत्व पुरा गरेको तर भाग्य बिग्रदा यस्तो अवस्था आएको प्रतिकृया दिए। उनले भने–‘प्रशासनिक अभिभावकत्व बहन गर्न खोज्दा भाग्य बिग्रेको बेला मलाई आरोप लाग्यो।’ मृतक विद्यार्थी सुरजले सुसाइट नोटमा ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन।कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब गर्‍यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै ……।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?