
धनगढी – कैलालीको अत्तरियाबाट चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका वडा नं ४ वाट चितुवाको दुई थान छालासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिकाका २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ वर्षीय रामबहादुर विष्ट रहेका छन् ।
सोमवार पक्राउ परेका उनीहरुलाई चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बडिकेदार गाउँपालिकामा शिकार गरी बिक्रि वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।
यस बारे थप अनुसन्धान भैरहेको र आवश्यक कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।