हुम्लामा एक चौथाई बजेट फ्रिज

हुम्लामा एक चौथाई बजेट फ्रिज
+
-

सिमकोट – सडक यातायातले नछोएको बिकट जिल्ला हुम्लाबाट विकासका लागि आएको बजेटमध्ये साढे २५ प्रतिशत फ्रिज गएको छ । योजना सञ्चालन र उपभोक्ता समिति गठनमा विवाद हुनुका साथै आवश्यक कर्मचारीको अभाब हुँदा र त्यसैमा बजेट निकासा ढिलो आउँदा बजेटको ठूलो हिस्सा फ्रिज गएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष ०७५।०७६ मा ८४ करोड ४६ लाख ३५ हजार १५१ रुपैयाँ अर्थात २५ दशमलब ६९ प्रतिशत रकम खर्च हुन नसकेर फ्रिज गएको छ ।

जिल्लाका लागि गत आर्थिक वर्षमा जम्मा वार्षिक बजेट तीन अर्ब २८ करोड, ७३ लाख ५४ हजार ३०८ रुपैयाँ रहेकोमा त्यसमा दुई अर्ब ४४ करोड नौ लाख १९ हजार १५७ रुपैयाँ असार मसान्तसम्म खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले बताए ।

उनका अनुसार यसरी विकासबाट पछाडि परेको जिल्लाबाट बजेट धेरै फिर्ता जानुमा मुख्य गरि कर्मचारीको अभाब, प्रदेश सरकार अन्र्तगत ढिलो गरि कार्यालयहरु स्थापना हुनु, योजना सञ्चालनमा विवाद सृजना हुनु र निकासा पनि असार २५ गतेसम्म आउनु मुख्य कारण रहेको छ ।

जिल्लामा सबै भन्दा बढी बजेट फ्रिज जाने कार्यालयमा पूर्वाधार विकास कार्यालय रहेको र उक्त कार्यालयबाट २० करोड २९ लाख बजेट फ्रिज गएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’