विप्लव समूहद्वारा कैलालीमा ४४ विघा जग्गा कब्जा

विप्लव समूहद्वारा कैलालीमा ४४ विघा जग्गा कब्जा
+
-

धनगढी- विप्लव नेतृत्वको नेकपाले कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको छ। बुधबार बर्दगोरिया जनपरिषद प्रमुख अनुकुलको नेतृत्वमा उक्त जग्गामा व्यानर टाँसेर कब्जा गरेको जनाइएको छ।

तत्कालिन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरी विप्लव समूहले कब्जामा लिएको हो। पार्टीले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको घर संगै रहेको ३५ विघा जमिन, देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको जनाएको छ।

दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेकोले उक्त जग्गा कब्जा गरिएको जनाइएको पार्टीले जनाएको छ। घरजग्गामा टाँसिएको व्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गरिने उल्लेख गरिएको छ। कैलालीका प्रहरीले सो स्थानमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ।

केही दिन अघि मात्र कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको थियो।

थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर लगायत सम्पत्ति कब्जामा लिएको जनाएको थियो।

अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको भन्दै सम्पत्ति कब्जामा लिएको जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?