कर्णाली करिडोरको लम्बाई २२ किलोमिटर कम

कर्णाली करिडोरको लम्बाई २२ किलोमिटर कम
+
-

हुम्ला, सिमकोट – राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको लम्बाई २२ किलोमिटर घट्ने भएको छ । करिडोरको कालिकोटको खुलालुबाट बाजुराको लैफु हुँदै हुम्लाको सलिसल्लासम्मको सडक निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले सडक निर्माणसँगै गरेको सर्वेको प्रतिवेदनमा करिडोरको लम्बाई घटेको देखिएको हो ।

सडक विभागले गरेको सर्वे प्रतिवेदनमा उल्लेख भएको १४५ किलो मिटर सडकको लम्बाई सेनाले निर्माणसँगै गरेको सर्वेमा २२ किलोमिटर लम्बाई घटेको खुलालु, लैफु, कवाडी, दोमुख हुँदै सलिसल्ला सडक निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर मिलन कार्कीले बताए ।

हुम्लाखण्डको कवाडीबाट सलिसल्लासम्म यसअघि ६१ किलोमिटर रहेकोमा अब ३९ किलोमिटर हुने भएको छ । नेपाली सेनाले कालिकोट र बाजुरा जिल्लाको ८४ किलो मिटर सडक निर्माण गरेर संचालनमा ल्याई सकेको छ । यसरी सडकको लम्बाई घट्नुमा सेनाले अप्ठ्यारो र चट्टानी भागमा पनि सीधा सर्वे लिएर सडक निर्माण कार्य गर्नु मुख्य कारण भएको प्रमुख सेनानी कार्कीले बताए । उनका अनुसार यसअघि सडक विभागले गरेको सर्वेमा त्यसो नभई सजिलो र चट्टानी भाग छलेर सर्वे गरिएको हुन सक्छ ।

यसअघि सडक विभागले उक्त करिडोरको हिल्साबाट जमूनासम्मको सडकको लम्बाई ५३० किलो मिटर निर्धारण गरिएको थियो । अब घटेर ५०८ किलोमिटर निर्धारण हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?