
पोखरा– सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव समूहका एक जना पोखराबाट पक्राउ परेका छन्।
अछाम बान्नीगढी जयगढ गाउँपालिका ५ घरभई पोखरा महानगरपालिका–१, बगर बस्ने विप्लवका कार्यकर्ता २१ वर्षीय राजन साउदलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।
कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले सामान्य सोधपुछका लागि साउदलाई नियन्त्रणमा लिएको बताए। ‘उहाँ आफैले म विधार्थी संगठनमा आवद्ध छु भनेर भन्नुभएको छ, सोधपुछपछि आवश्यक भएमा थप अनुसन्धानका लागि राख्न सकिन्छ’, डिएसपी केसीले भने।
जनपत्रकार संगठन कास्की जिल्ला संयोजक रमेश बास्तोलाले आफ्नो संगठनका सदस्यसमेत रहेका साउदको गिरफ्तारीप्रति खेद प्रकट गर्दै रिहाइको लागि पहल गरिदिन आग्रह गरेको छ।
निर्वाध प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न सरकारलाई आग्रह समेत गरिएको छ।
गत जेठ २५ गते अन्नपूर्ण गाउँपालिका–११, उरीबाट प्रहरीले साउद सहित १८ जनालाई पक्राउ गरेको थियो। साउद सहित ५ जना असार ३० गते रिहा भएका थिए।
रिहाइपछि प्रहरीले साउँदलाई पुन पक्राउ गरेको हो।