
हुम्ला-कानूनले बन्देज लगाएको १७ वर्षकै उमेरमा विवाह गरेर १८ वर्षमा आठ महिनाको गर्भवती भएकी बालिकाको मृत्यु भएको छ।
सर्केगार्ड गाउँपालिका वडा नम्बर चारको साँया गाउकी अनुरुपा बिकको गर्भवती भएकै अवस्थामा पाठेघर फुटेपछि स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो।
घरमा बसी रहेको बेला केही असजिलो महशुस गरेपछि गर्भवती श्रीमतिलाई घरबाट स्वास्थ्य चौकीमा लिएर गएको अबस्थामा उपचार गर्ने क्रममै बेहोस भएर मृत्यु भएको उनका श्रीमान आशिष राईले बताए।
अरु बेला बिरामी भएको कुनै कुरा आफूलाई नभनेको र एक्कासी पाठेघर दुखेको सुनाएपछि स्वास्थ्य चौकीमा लगिएको उहाँले बताउनु भयो।तर के गर्नु बचाउन सकिएन दुखेसो उनले पोखेका छन्। ताप्लेजुङ स्थायी घर भएका राइ क्रिस्चीय धर्म प्रचारका क्रममा केही बर्ष अगाडी हुम्ला माआएको गत बर्ष उनीहरुको प्रेम बिबाह भएको थियो।
सदरमुकाम सिमकोटबाट डेड दिन पैदल लाग्ने सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा बिहान सात बजे सामान्य बिरामी भएको अबस्थामा बिरामीलाई ल्याएको र उपचार गर्ने क्रममा एघार बजे उपचार कै क्रममा एक्कासी आन्तरिक रुपमा फुटेको फाठेघरबाट रक्तश्राप भएपछि बेहोस बनेकी बिकको पाँच मिनेटमा मृत्यु भएको साँया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस बुमीले बताए।
पाँच जना स्वास्थ्यकर्मी उपचारका लागि खटिएका थिए।एक्कसी गर्भवती बेहोस भएपछि अन्त कतै खबर गरेर उद्धार गर्ने समय पनि नभएको उनले भने। यस्तो अबस्थाका केही केश आउन सक्ने र त्यही केशकी बिरामीको रुपमा मृतक बिक परेको हुन।
यसको मुख्य कारण भने कलिलै उमेरमा विवाह गर्नु रहेको इन्चार्ज बुमीले बताए। पहिले नै केही थाहा भएको भए हवाई उद्धारका लागि खबर गर्न सकिने अबस्था भएपनि त्यो संभब नभएको हो।तर, त्यतिखेर फोनले पनि काम गर्न नसकेको थिएन।
घटना घटेको एक घण्टापछि जिल्ला अस्पतालमा जानकारी प्राप्त भएको सिनियर अनमी सरिता बोहराले बताइ्। मृतक बिकले पहिलो पटक गर्भधारणा गर्नु भएको थियो।