हुम्लामा दुई बालिका तीन दिनदेखि सम्पर्कविहीन

हुम्लामा दुई बालिका तीन दिनदेखि सम्पर्कविहीन
+
-

सिमकोट– जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको कोट माध्यामिक विद्यालयमा अध्ययनरत दुई जना बालिका तीन दिनदेखि सम्पर्क बिहिन भएका छन्। दुवै बालिका बुधबारबाट सम्पर्कविहीन भएका हुन्।

कोट माविमा कक्षा आठमा अध्ययनरत सर्खेगार्ड गाउँपालिका वडा नम्बर सातकी १३ वर्षीया लक्षुका काफ्ले र सिमकोट गाउँपालिका वडा नम्बर सात पाम्लाथुङकी संगिता शाही बुधबारदेखि सम्पर्कविहीन भएको लक्षुकाका बुवा टंकप्रसाद काफ्लेले बताए।

उनीहरु तीन दिनदेखि सम्पर्कमा नआएकोले दुबै जना बालिकाको खोजी कार्य भैरहेको छ। दुबै जना बालिका घरबाटै निक्लेर सम्पर्कमा नआएको प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तीमगरले बताए। उनीहरुले साथमा केही थान कपडा पनि लिएको जानकारी आएको उनले बताए।

सम्पर्कविहीन बालिकाका आफन्तले खोजी कार्यलाई तिब्रता दिन प्रहरी र संचारकर्मीलाई आग्रह गरेका छन्।

बालिका हराएको सुचना प्राप्त भएपछि सर्केगार्ड प्रहरी चौकीबाट प्रहरीको टोली घटना स्थलमा पुगेको छ। प्रहरीले सम्पर्कविहीन बालिकाको खोजीलाई तिब्रता पार्ने बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?