मिथिलाञ्चलमा नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्व सकियाे

मिथिलाञ्चलमा नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्व सकियाे
+
-

जनकपुरधाम– मिथिलाञ्चल क्षेत्रमा साउन ६ गते अर्थात पञ्चमी तिथिबाट सुरु भएको मधुश्रावणी पर्व शनिबार सम्पन्न भएको छ।

मैथिली समुदायका नवविवाहिता महिलाले मनाउने मधुश्रावणी पर्व अन्तर्गत शुक्रबार भएको टेमी विधिसँगै यस पर्वको समापन भएको हाे।

सामाजिक साँस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनमा प्रवेश गरेको पहिलो वर्षमा मनाइने गरिन्छ। १३ औँ दिन शुक्रबार यस पर्वको अन्तर्गत हुने टेमी विधिसँगै पर्व सम्पन्न भएको थियाे।

शनिबार भएको टेमी विधीमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ। यो पर्व एउटा खास धार्मिक, साँस्कृतिक मान्यताको प्रतिकको रूपमा मान्ने गरिन्छ। टेमी विधिले डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्न सक्ने हुनुपर्दछ भन्ने अर्थमा अर्थ्याइन्छ।

महिलाहरूले विभिन्न गीत गाउँदै साथीहरूसँग फूलबारीमा फूल टिप्दै पर्व मनाउने गर्छन्। वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुने हुँदा यो पर्वमा मुख्यतया शिव, पार्वती तथा नाग–नागिनको पूजा गरिन्छ।

साउन महिनाको मौना पञ्चमीदेखि सुरु भएको यो पर्व साउन तृतीया तिथिका दिन समापन हुन्छ। यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिले मनाउने गर्छन्। पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथाहरू नवविवाहिता महिलाहलाई सुनाइने गरिन्छ।

गौरीलाई दाम्पत्य जीवनको संरक्षक र नागलाई नारीको पतिका रूपमा मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले बताए।

यस पर्वमा पहिलो दिन मौना पञ्चमी तथा बिसहराको जन्म कथा, दोस्रो दिन बिहुला र मनसा, बिसहरा र मंगलाको कथा, तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थन कथा, चौथो दिन सती र पतिव्रता पत्नीको कथा गरी तेह्र दिनसम्म कथा हुने गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?