हुम्लामा गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार, बच्चाको मृत्यु

हुम्लामा गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार, बच्चाको मृत्यु
+
-

सिमकोट– नाम्खा गाउँपालिकाको वडा नम्बर–६ लिमीकी एक जना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

चार दिनसम्म सुत्केरी ब्यथा लागेर थला परेकी ३५ वर्षीया गर्भवती छमजुम लामाको हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल ल्याइएको हो।

उद्धार गरिएकी लामाको शल्यक्रिया गर्दा दश मिनेट पनि बच्चालाई बचाउन नसकिएको डाक्टर अमित बिष्टले बताए। बच्चालाई बचाउन नसकिए पनि आमालाई बचाउन सफल भएको र केही ढिलो भएको भए आमालाई पनि खतरा रहेको डाक्टर बिष्टले बताए।

जिल्ला अस्पतालमा उपचाररत सुत्केरी लामाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। डाक्टर विष्टको नेतृत्वमा जिल्ला अस्पतालको टिमले शल्यक्रिया गरेको थियो।

लामालाई व्यथा लागेको चौथो दिनमा जिल्लामा खबर गरेपछि बल्ल हेलिकोप्टर रिजर्भ गरेर उद्धार गरिएको हो।

मानसरोवर कैलाशको पर्यटकीय सिजन भएको कारण सिमकोट विमानस्थलमा हेलिकोप्टररहेको कारण उद्धार गर्न केही सहज भएको हो। हेलिकोप्टरको खर्च सरकारले व्यहोर्ने छ।

लिमी सदरमुकाम सिमकोटबाट चार दिनको पैदल दूरीमा छ।

केही दिन अगाडी मात्र सर्केगार्ड गाउँ पालिकामा गर्भवती महिलाको मृत्यु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?