जम्मू–कश्मीर तनाव

भारतविरुद्ध संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने तयारीमा पाकिस्तान

भारतविरुद्ध संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने तयारीमा पाकिस्तान
+
-

जम्मू–कश्मीरको पछिल्लो अवस्था र त्यसमा भारतीय पक्षले गरेको सैन्य कारवाहीका सम्बन्धमा पाकिस्तानले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने भएको छ ।

सीमा क्षेत्रको नियन्त्रण रेखामा सर्वसाधारण नागरिकलाई लक्षित गरी भारतीय सुरक्षाकर्मीले जेनेभा सन्धिले प्रतिबन्धित गरेको क्लस्टर बम प्रयोग गरेको आरोप लगाएको छ । भारतीय पक्षको आक्रमणका कारण दुईजनाको ज्यान गएको तथा ११ जना घाइते भएको जनाईएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले भारतीय पक्षले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको र त्यसबारे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका सदस्यलाई पत्र लेखेर जानकारी गराउने तयारी गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानले कश्मीरको हालको अवस्था र भारतीय पक्षको गतिविधि बारे सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रलाई पत्रमार्फत जानकारी गराउने तयारी थालेको हो ।

नियन्त्रण रेखामा भारतले क्लस्टर बम प्रयोग गरेको प्रमाण सम्बन्धी तस्बिरहरु प्राप्त भएको र सबै प्रमाणसहित संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई यसबारे जानकारी गराउने तयारी भएको पाकिस्तानी विदेश मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत प्रशासित जम्मू–कश्मीरको अवस्था बिग्रिएको र भारत त्यहाँ नयाँ हिंसा जन्माउन लागि परेको पाकिस्तानी विदेश मन्त्रीले आरोप लगाएका छन् ।

यो पनि पढ्नुहोस्

डर र भयको अवस्थामा छ जम्मू–कश्मीर

डर र भयको अवस्थामा छ जम्मू–कश्मीर

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?