जम्मू–कश्मिरमा त्रास, कारगिल युद्धका बेला भन्दा पनि बढी

जम्मू–कश्मिरमा त्रास, कारगिल युद्धका बेला भन्दा पनि बढी
+
-

भारत प्रशासित जम्मू–कश्मीरको अवस्था सन् १९९० को दशकको भन्दा पनि खराब अवस्था रहेको स्थानीय नेताले बताएका छन् । स्थानीय बासिन्दामा डर र त्रासको अवस्था छ ।

कश्मीर सरकारले चरमपन्थी आक्रमणको आशंका रहेको भन्दै सुरक्षा सतर्कता जारी गरेपछि डरको अवस्था सिर्जना भएको क्षेत्रीय राजनीतिक दल र विपक्षी कांग्रेसले बताएका छन् ।

कांग्रेस नेता गुलाम नबी आजादका अनुसार कश्मीरमा अहिलेको जस्तो अवस्था आफूले यसअघि कहिले नदेखेको बताएका छन् । उनले भनेका छन्, ‘अहिलेको अवस्थाले सन् १९९० को दशकको सम्झना गराएको छ ।’

केही दिनयता कश्मीरमा सुरक्षाकर्मीको तैनाथी बढेको छ, जसले गर्दा स्थानीय बासिन्दा त्रसित भएको उनले बताएका छन् ।

प्रशासनले अमरनाथ यात्रामा रहेका हिन्दु तिर्थयात्री तथा पर्यटकलाई लक्षित गरी चरमपन्थी आक्रमणको जोखिम रहेको भन्दै सुरक्षा सतर्कता जारी गरेपछि पर्यटक तथा तिर्थयात्री फर्किरहेका छन् । तर स्थानीय बासिन्दाहरुमा भने त्रासको अवस्थामा बसिरहेका छन् । उनीहरुले अत्यावश्यक सामग्रीहरुको जोही गरिरहेका छन् ।

हालको अवस्थाबारे जम्मू–कश्मीरका क्षेत्रीय दलहरु नेशनल कन्फ्रेन्स र पिपुल्स डेमोक्र्याटिक पार्टीका नेताहरुले स्पष्ट रुपमा चिन्ता व्यक्त गरिसकेका छन् ।

यसअघि शुक्रबार राज्यकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले अहिले कश्मीरका बासिन्दामा देखिएको डरको अवस्था जस्तो कहिले नदेखिएको बताएकी थिइन् ।

कारगिल युद्धको समयमा भन्दा पनि अहिले डरको अवस्था देखिएको कांग्रेससहितका पार्टीका नेताहरुले बताएका छन् ।

राज्यका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले कश्मीरको अवस्थामा केन्द्र सरकार जिम्मेवार रहेको र उसले जवाफ दिनु पर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

भारतविरुद्ध संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने तयारीमा पाकिस्तान

भारतविरुद्ध संयुक्त राष्ट्रसंघलाई पत्र लेख्ने तयारीमा पाकिस्तान

डर र भयको अवस्थामा छ जम्मू–कश्मीर

डर र भयको अवस्थामा छ जम्मू–कश्मीर

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?