जनकपुरधाम-वर्षा सँगै आएको बाढी तथा डुबानको कारण प्रदेश-२ मा कृषिमा क्षेत्रमा मात्र अढाई अर्ब भन्दा बढिको क्षति भएको छ।
वर्षाको कारण प्रदेश २ सबैभन्दा बढी प्रभावित भएको थियो।यहाँ नेपालमै सबैभन्दा बढि जन-धनको क्षति भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङकले देखाएको छ।
मन्त्रालयको तथ्याङक अनुसार बाढी तथा डुबानको कारण यहाँ ३७ जनाको मृत्यु भएको छ भने कृषि क्षेत्रमा आर्बौको क्षति भएको छ।यसका साथै प्रदेश २ को ८ वटै जिल्लामा २ अर्ब ६७ करोड ६ लाख ४८ हजार बराबरको क्षति भएको छ। बाली तर्फ करीब १ अर्ब ५५ करोड ४८ लाख ५४ हजार बराबरको क्षति भएको मन्त्रालयका सूचना अधिकारी अविनाश झाले बताए।

यता, बालीमा चैते धान, वर्षे धान, धानको ब्याड, मकै, तरकारी, केरा लगायतका बालीहरु क्षति भएको छ भने पशुपंछी तर्फ भैँसी, गाई, कुखुरा, बाख्रा, माछा लगायतका पशुवस्तुहरुको क्षति भएको छ।पशुपंछीतर्फ यहाँ १ अर्ब ११ करोड ५७ लाख ९५ हजार बराबरको क्षति भएको तथ्याङ्क रहेको छ।
बाढी तथा डुबानको कारण यहाँ सबैभन्दा बढि यहाँका किसानहरु भएको छ। कर्जा लिएर दिन रातको मेहेनत पश्चात यहाँका किसानहरु खेती पाति गर्ने गर्छन् तर प्राकृतिक विपदको कारण तिनीहरुको पिडा झन बढेको छ।यहाँका मानिसको प्रमुख पेशा कृषि नै रहेको छ।यहाँ बसोबास गर्ने जनसंख्याको ६९ प्रतिशत पूर्ण रुपले कृषिमा आश्रित छन् तर वर्षा तथा डुबानको कारण यस वर्ष तिनीहरुको पीडा झन बढेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुसार प्रदेश २ मा जम्मा ५लाख ४७ हजार २२५ हेक्टर खेती योग्य जग्गा रहेको छ। जसमा यस पट्क ५ लाख २६ हजार ०६५ हेक्टर क्षेत्रफल जग्गामा खेती गरिएको थियो भने ३५ हजार ४४० हेक्टर जग्गामा यस पटक खेती गरिएको थिएन्।
बाढी तथा डुबानको कारण ८ वटै जिल्ला गरी बाली तर्फ ५५ हजार ६ सय २० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयको तथ्याङ्क रहेको छ। त्यस्तै पशुपंक्षी तर्फ १ हजार ९८७ हेक्टरमा माछा पालन गरिएको पोखरीमा क्षति भएको छ।
पशुपन्छी तर्फ कुन जिल्लामा कति क्षति ?
यहाँको प्रमुख पेशा मध्ये एक हो पशुपालन।वर्षाको कारण यस क्षेत्रमा समेत क्षति भएको छ। बाढी तथा डुबानको कारण पशुपंछी तर्फ १ अर्ब ११ करोड ५७ लाख ९५ हजार बराबरको क्षति भएकोमा सबैभन्दा बढि सप्तरी र सिरहामा भएको छ। यो दुई जिल्लामा पशुपंछी र माछामा कुल ९७ करोड ३ लाख बराबरको क्षति भएको छ।
त्यस्तै सर्लाहीमा बाढी तथा डुबानको कारण पशुपंछीमा ६ करोड ११ लाख ७० हजार बराबरको क्षति भएको छ । रौतहटमा ५ करोड, बारा र पर्सामा २ करोड ४३ लाख २५ हजार, र धनुषामा १ करोड बराबरको क्षति भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सूचना अधिकारी अविनाश झाले बताए।
बालीतर्फ कुन जिल्लामा कति क्षति
बाढी तथा डुबानबाट सबैभन्दा बढी प्रभावित भएको रौतहट जिल्लामा सबैभन्दा बढि क्षति भएको छ । यहाँ धान ब्याड, वर्षे धान, चैते धान, तरकारी बाली, मकै बाली लगायतको बालीमा क्षति भएको छ।
बाढी तथा डुबानको कारण १९ हजार ४६५ क्षेत्रफल जग्गामा ३५ करोड बराबर मुल्यको क्षति भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
रौतहटपछि बालीमा सबैभन्दा बढि सर्लाहीमा भएको छ। यहाँ ९ हजार ३५२ हेक्टर क्षेफलमा रहेको धान ब्याड, वर्षे धान, चैते धान, तरकारीबाली, मकैबाली लगायतको बालीमा २५ करोड मुल्य बराबरको क्षति भएको छ।
त्यस्तै पर्सामा २४ करोड ३३ लाख, बारामा १९ करोड ७० लाख, सप्तरीमा १९ करोड २५ लाख, धनुषामा १६ करोड ३५ लाख ५४ हजार, महोत्तरीमा १२ करोड र सिरहामा ३ करोड ८५ लाख बराबरको क्षति भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































